शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातको १२ बजे पनि राहत बाँड्न तयार छु : मेयर भुसाल

शुक्रबार, २१ चैत २०७६, २० : ५१
शुक्रबार, २१ चैत २०७६

गुल्मी । गुल्मीको रेसुङ्का नगरपालिकाका मेयर डिल्लीराज भुसालले  लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने गरेका  गरिव मजदुरहरुको यति बेला छाक अड्किन थालेको प्रति चिन्ता प्रकट गर्दै उनीहरुलाई जुन सुकै बेला पनि आफु राहत उपलब्ध  गराउन  तयार रहेको उद्घोष गरेका छन् ।

शुक्रवारदेखि सो नगरपालिकाले सुरु गरेको  राहत वितरण कार्यक्रमको शुभारम्भ गर्दै मेयर भुसालले भने, ‘राहत वितरणमा ढिलाई भएको मैले पनि महशुस गरेको छु  , ढिलाई हुनुका विभिन्न कारणहरु छन् , अब भने जति बेला सम्म लकडाउन रहन्छ त्यति बेला सम्म गरिखाने वर्गलाई मैले भोकै बस्न दिन्न  रातको १२ बजे पनि म उठेर राहत बाँड्न जान तयार छुृ ।’

उनले ढिलाई हुनुका ती  विभिन्न कारण भने खुलाएनन । ‘अन्य  पालिकाले धेरै पहिल्लै देखि मजदुर वर्गलाई राहत बाँडे सदरमुकाममै रहेको रेसुङ्खा नगरपालिकाले ढिला गर्दै मजदुर प्रति जिम्मेवार भएन भन्ने अलोचना गरिएको छ नि  ?,’ भन्ने प्रश्नमा  उनले भने, ‘ मैले छिट्टै बाँडौ भन्ने चाहना हुँदाहुँदै पनि ढिलाई हुन गयो म   क्षमा चाहन्छु अब राहत  टोल टोल सम्म पुगेर वितरण गरिन्छन ।’

मेयर भुसालले सदरमुकामको केन्द्र मानिने वडा नम्वर १ को कार्यालयबाट राहत वितरणको शुभारम्भ  गरेका थिए । करिव ११ दिन सम्म काम नपाई कोठामा छाक अड्किने अवस्थामा पुगेका मजदुरहरु नगरपालिकाले राहत वितरण गर्ने थाह पाए पछि वडा कार्यालयमा मजदुरहरु लाईन लागेर उभिएका  थिए ।

वडा नम्वर १ तम्घासका वडाध्यक्ष अखिलेश्वर पाण्डेका अनुसार त्यस वडामा  ५२ परिवारका १८४  जना मजदुरहरुलाई जनही ५ किलोका दरले चामल , दाल , तेल नुन र हात धुने सावुन समेत वितरण गरिदै छ । जुन १० दिनका लागि । त्यस पछि पनिन लकडाउन गरिएको थप राहत वितरण गरिँदैछ ।

सदरमुकाम सेरोफेरोमा रहेको  रहेको वडा नम्वर  २ , ३ ,  वडा नम्वर ७ र ८ सहित आजै  १४ वटै वडाको राहत वितरण सुरु भएको वडाध्यक्षहरुले बताए । बढि मजदुर वर्गहरु रहेको वडाहरुमा  १ पछि वडा नम्वर २ , वडा नम्वर  ७  , ९ र बढि मात्रमा वडा नम्वर ८  छन् ।

वडा नम्वर ८ का वडाध्यक्ष आज दिउँसो सम्म बसपार्कमा बाहिरबाट आएर मजदुरी गर्नेहरुको नामवाली टिप्दै थिए ।

रेसुङ्का नगरपालिका विपद् ब्यवस्थापन समितीको संयोजक समेत रहेका वडाध्यक्ष भलामीले  नगरपालिकाबाट आज देखि भए पनि वडास्तरबाट यसु अघिदेखि राहत वितरण गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप