शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा थप ६ सय ८४ को मृत्यु

शुक्रबार, २१ चैत २०७६, २० : ५०
शुक्रबार, २१ चैत २०७६

लन्डन । कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट बेलायतमा पछिल्लो २४ घन्टामा थप ६ सय ८४ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ५ पुगेको छ । हिजो बिहीबार ५ सय ६९ जनाको मृत्यु भएकोमा आज अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको हो । 

स्वास्थ्य विभागले जनाए अनुसार आज बिहान ९ बजेसम्म ३८ हजार १ सय ६८ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् ।  स्कटल्याण्डमा कोरोनाका कारण  आज थप ४६ जनाको मृत्यु  भएपछि जम्मा मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ भने वेल्समा आज थप २४ जना सहित १ सय ४१ जनाको मृत्यु भएको छ ।

इंग्ल्याण्डमा आज ६ सय ४ जानको मृत्यु भएको छ, जसअनुसार इंग्ल्याण्डमा मात्र ३ हजार ३ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी नर्दर्न आएरल्याण्डमा थप १२ जना सहित जम्मा संख्या ४८ पुगेको छ । कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै पूर्वी लन्डनको विशाल प्रदर्शनी भवन एक्शेल सेन्टरलाई बेलायतको सबैभन्दा नयां र सबै भन्दा ठूलो एनएचएस नाइटिंगेल हस्पिटलको रुपमा परिणत गरेको छ ।

 उक्त हस्पिटलको आज मात्र राजकुमार चार्ल्सले उद्घाटन गरेका हुन । कोरोना भाइरसका संक्रमणका कारण राजकुमार चार्ल्स पनि भर्खरै मात्र सेल्फ आइसोलेशनबाट मुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप