बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाको रोकथाम र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन राष्ट्रपतिको आह्वान

शुक्रबार, २१ चैत २०७६, २० : २९
शुक्रबार, २१ चैत २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले लकडाउनका कारण दैनिक जीवनमा केही अप्ठ्यारो भएपनि अमूल्य जीवन जीउन संयमित भएर घरभित्रै रहन आह्वान गरेकी छिन् । 

शुक्रबार साँझ देशबासीको नाममा एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले महामारीको बेला सबैभन्दा जोखिमयुक्त कामगर्ने स्वास्थ्यकर्मी, सम्पूर्ण स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै पक्षको धैर्यताप्रति उनले सम्मान व्यक्त गरेकी छिन् । 

उनले कुनै भावनामा नबगी रोगको गम्भीरतालाई ममन गरी कोरोना भाइरसको रोकथाम र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन पनि सम्पूर्ण नागरिलाई अनुरोध पनि गरेकी छिन् । 

सरकारले कोरोना रोकथामका लागि लकडाउनको घोषणा गरेको सन्दर्भमा राष्ट्रपतिले यस्तो अनुरोध गरेकी हुन् । 

उनले संसारका विभिन्न मुलुकमा रहेका नेपालीलाई सुरक्षित रुपमा रहन अनुरोध गर्दै जो जहाँ भएपनि आफ्नो ठाउँबाट कोरोनाविरुद्धको लडाइलाई सफल पार्न सहयोग गर्न समेत अनुरोध गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप