शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खरानी बन्यो कपिलवस्तुको गुगौली गाउँ :   ४९ घर–गोठ  जलेर नष्ट, २ सय  मानिस घरवार विहीन

शुक्रबार, २१ चैत २०७६, २० : २३
शुक्रबार, २१ चैत २०७६

बुटवल । कपिलवस्तुको  गुगौलीमा बस्ने प्रायः सबै जना मजदुर  छन् । दैनिक मजदुरी गरेर जिविका चलाउने त्यहाँका वासिन्दा ११ दिनदेखि मुलुक लकडाउनका कारण घरबाट बाहिर निस्केर ज्याल मजदुरी गर्न पाएका थिएनन्  । जसले गर्दा कतिपयलाई छाक टार्न पनि मुस्कील पर्ने अवस्था थियो ।

करोना सक्रमणको सन्त्रास भन्दा अरु थिएन, उनीहरुमा । तर, त्यस गाउँमा  शुक्रवार दिउँसो कोरोना भाइरसभन्दा ठूलो संकट निम्ताउने प्रकृतिको भाइरस बनेर आयो हावाहुरी ।  सबैका घर गोठमा भुसका छानाका थिए । विजयीनगर गाउँपालिका वडा नम्वर १ गुगौलीका काशिराम यादवको घरमा दिउँसो खाजा नास्ता बनाउने क्रममा आगो फुक्दा त्यहाँबाट सल्केको आगोले हावाहुरी चलेपछिले सिङ्खो गाउँ लपेट्यो ।

हेर्दाहेर्दै  र गुहार माग्दा माग्दै गाउँ जलेर खरानी भयो । दमकल मगाउँदा मगाउँदै  गाउँ जलेर नष्ट हुन थाल्यो । छिमेकीपालिका कृष्णनगर नगरपालिकाको  दमकल बिग्रको थाह पाएपछि  त्यस गाउँभदा ५० किलो मिटर दुरीमा पर्ने तौलिहवाबाट दमकल त मगाइयो । तर दमकल पुग्दा  घर गोठ खरानी भइ सकेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सम्पर्क राख्दा  प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले टोली खटाई सकेको बताउँदै थिए । टोलीको नेतृत्व गरेर पुगेका प्रहरी निरीक्षक मधु नेपालसँग सम्पर्क राख्दा आफू भर्खर आइपुगेको र  गाउँ पुरै जलेर नष्ट हुँदै गरेको बताउँदै उद्दार कार्यमा जुटेको जानकारी दिादै थिए ।

यो समाचार तयार पारुन्जेलसम्म नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीयवासीले उद्दार कार्य जारी राखेको छन् । बालबालिकाहरु च्वाँचा र चुँच गर्दै रोइ रहेका छन् । तर बाबु आमाहरु उद्धार कार्य मै छन् । प्रहरी निरक्षक थापाका अनुसार अहिले साँझसम्म २५ वटा घर र गोठ सहित ४९ जलेर नष्ट भएको विवरण तयार पारिँदै छ ।

२५ घर परिवारका २ सय जनाभन्दा बढी मानिसहरु यति बेला खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । प्रहरी निरक्षक नेपाल भने, ‘आजलाई जनप्रतिनिधीहरुले छिमेकीहरुका घरमा बाँडेर राख्ने भन्नु भएको छ । त्यस गाउँपालिकाले प्रारम्भिक राहत प्रति परिवार ५ हजारले दिने घोषणा गरेको छ । मानविय क्षति त हुन पाएन अन्य भौतिक क्षति भने करोडौं भएको छ  तर एकिन विवरण तयार पार्दैछौं ।’ 

उनका अनुसार सारा जनप्रतिनिधीहरु क्षतिग्रस्त गाउँमै आएर उद्दार कार्यमा जुटेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप