शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबै किसिमका बिरामीको उपचार गर्न मन्त्री ढकालको निर्देशन

शुक्रबार, २१ चैत २०७६, १९ : २२
शुक्रबार, २१ चैत २०७६

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन न्याम्सका उपकुलपति डा देवनारायण साहलगायतलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए ।

उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री ढकाले अहिले नेपालको हकमा समुदायमा फैलावट नभएको स्थितिमा कोरोना भाइरसबाहेकका अन्य रोगका बिरामीले नियमित उपचार पाउन निर्देशन दिए । 

प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने जनाएका थिए ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आगामी सोमबारबाट कोरोनाको नमूना परीक्षणसमेत हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप