शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तिमीलाई नमस्कार छ

शुक्रबार, २१ चैत २०७६, १८ : ०२
शुक्रबार, २१ चैत २०७६

-डीपी दाहाल  ‘परीश्रमी’ 

आज आकाश उही रुपमा फर्केछ
निलो आकाश 
बेलुकाको जून पनि कति टल्केको
पूणिमाको जून जस्तै
कति एकान्त ? झयाउकिरीहरुको एकहोरो आबाज
हुन त किन नहोस 
सुनसान बाटाहरु
घर घरमा थन्केका मान्छे 
र बिभिन्न ईन्जीनहरु
सेलाएर बसेको हप्ता नाघिसकेछ
त्यसैको प्रभावले वनजंगल चहकीला छन्
धुवा र धुलोहरु बसाई सरेको देखिन्छ

प्रकृतिलाई कोरोनाले सघाकोछ
तर मान्छेलाई कोरोनाले सताकोछ
मान्छेले सहारा खोजीरहेछ
दोश्रो बिश्वयुद्घ पछिको महामारी भएर
कोरोना भाईरस आएकोछ
एउटै घर भएको बिश्वलाई
बिना हल्ला, बिना हतियार
आफ्नो बसमा पारीरहेकोछ

के बिकसित, के अल्प बिकसीत
त्राही त्राहीमा बांच्नु परेकोछ
ईतिहासलाई नमान्नेहरु
आज ईतिहास पढ्न थालेका छन् 
ईमान जमान र नैतिकता हराएको बेला
कोरोनाले नमस्कार गरेर पनि
आंखा जुधाउन बाध्य पारेकोछ
धनीलाई कम धनी
गरीबलाई झन गरीब बनाउदै
कुन बाटो लाने हो ? पत्तो छैन
आणबिक अश्त्रले पनि हार्ने
आधुनिक बिज्ञान पनि फेल गर्ने
कुन रुपमा आयौ कोरोना ?
हाम्रो नेपाललाई पनि 
लकडाउन हुन बाध्य पार्यौ
छिमेकीहरु पनि आजीत भैसकेका छन्
अब चाडै जुन बाटो आको हो 
उतै फर्कि जाउ
यहां अर्को रुप नदेखाउ
किनकी हाम्रो ईतिहास हेर
हामी आजसम्म महामारीमा कमै थियौ
सहारा कस्को थियो ? 
यसै भन्न नसकेपनि
हामी भाईचारामै बाच्न चाहान्छौ
नमस्कारमै जिउन चाहान्छौ 
हामी जे छौ, त्यहिरुपमा बाच्न चाहान्छौ 
सबै कुरा बिर्सेर भन्छौ
हामीभित्र जे जे सोच भएपनि
तिम्राबारे हामी एक ढिक्काछौ
कृपया तिमी फर्कि जाउ
तिमीलाई नमस्कार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप