शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हालसम्म १२७७ जनामा कोरोना परीक्षण, देशभर १२० जना आइसोलेनमा

शुक्रबार, २१ चैत २०७६, १६ : ५२
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२७७ जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । 

संक्रमितमध्ये एक जना यसअघि नै कोरोनामुक्त भइसकेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।

 उनका अनुसार संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ । 

देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पारे । 

उनकाअनुसार हालसम्म पोखरामा १९ जनाको नमुना परीक्षण भएको छ । 

यस्तै कोरोना नमुना संकलनको दायरालाई फराकिलो बनाँउँदै धरान, पोखरा, हेटौडा, जनकपुर , सुर्खेत र धनगढीमा परीक्षण थालिएको छ । 

जसअनुसार धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएको छ भने बुटवलमा जडान भइरहेको छ । 

मन्त्रालयका अनुसार देशभर १२० जना आइसोलेसनमा रहेका छन् । जसमा उपत्यका १५ जना र उपत्यकाबाहिर १०५ जना रहेको देवकोटाले जानकारी दिए । 

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका ९६ जना  तथा कैलाली र कञ्चनपुरका विभिन्न स्थानको क्वारेन्टाइमा रहेका ९२ जनाको नमुना संकलन गरेर परीक्षण थालिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बागलुङमा भेटिएकी छैटौं कोरोना संक्रमित महिलाले भेटेका व्यक्तिहरुको खोजी तीब्र पारिएको पनि मन्त्रालयले जनाएको छ ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप