शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा उपचारकै क्रममा भारतीय नागरिकको मृत्यु

शुक्रबार, २१ चैत २०७६, १६ : ०९
शुक्रबार, २१ चैत २०७६

काठमाडौँ । एक भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन कक्ष (आईसीयू) मा उपचार गराइरहेका २४ वर्षीय युवकको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । 

कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवकको बिहीबार उपचारको क्रममा निधन भएको अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले पुष्टि गरे । 

अध्यक्ष साउदका अनुसार ती युवकमा सुगरको समस्या देखिएको थियो भने निमोनियाको समेत आशंका गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप