शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ

शुक्रबार, २१ चैत २०७६, १६ : ०५
शुक्रबार, २१ चैत २०७६

काठमाडौँ । बलात्कारको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–९ का एक युवकलाई पक्राउ गरेको छ ।  २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन राउतलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो । 

चैत २० गते (बिहीबार) राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन् । 

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टका अनुसार युवतीले जाहेरी दिएसँगै रावतलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप