साधना लघुवित्तले पनि गर्यो कोरोना कोषमा ४ लाख सहयोग
गोरखा– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (नोभल कोरोनाभाइरस)को जोखिम न्यूनिकरणमा सरकारले खडा गरेको कोषमा गोरखा जिल्लाबाट संचालित साधना लघुवित्त वित्तीय संस्थाले चार लाख सहयोग गरेको छ ।
संस्थाले कोरोना प्रभावित मानिसहरुको स्वास्थ्य परिक्षण गर्न गराउनको अतिरिक्त लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको जोहो गर्न समेत धौधौ परेको समूदायलाई खाद्यान्नको ब्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको उचित ब्यवस्थापन गर्न सहयोग गरेको जनाएको छ ।
स्थानिय निकायहरुलाई कठिन परेको यस सम्बेदनसिल घडिमा यस साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गोरखा जिल्ला स्थित गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ८ वटा स्थानिय निकायलाई ५० हजारको दरले कूल चार लाख रुपैंया राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।
सहयोगले कोरोनाभाइरसको संक्रमणको महामारी नियन्त्रण गर्न, महामारीवाट प्रभावित विपन्न समुदायलाई राहतको ब्यवस्था गर्न तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने विश्वास गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु