केन्द्रीय संस्करण
समाचार

पोखरामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइयो

person explore access_timeचैत २१, २०७६ chat_bubble_outline0

काठमाडौं । कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ  ।  शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । कोराना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि  ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ । यो विषयमा थप पुष्टि गर्न ४ बजेको स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस रिलिज कुरिरहेको समेत डा.थापाले बताए । उनले अहिले यसबारेमा केही बोल्न नमिल्ने बताए ।

गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो । जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । यसअघि विदेशबाट फर्किएका ६ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । शुक्रबार मात्र कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.