इसेवाको स्पष्टीकरण : न्युज पोर्टलको समाचार हट्नुमा इसेवाको कुनै हात छैन

पेमेण्ट गेटवे इसेवाले काठमाडौं प्रेसको न्युज पोर्टलको समाचार डिलिट हुनुमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै स्पष्टीकरण दिएको छ ।
चैत २१ गते शुक्रबार इसेवाले प्रेस विज्ञिप्ति जारी गर्दै काठमाडौं प्रेसको न्युज पोर्टलबाट समाचार डिलिट भएको विषयमा इसेवालाई समेत मुछिएको भन्दै त्यसमा इसेवाको हात नरहेको र नियोजितरुपमा प्रहार गरिएको भन्दै आपत्ति जनाएको हो ।
विगत ११ वर्षदेखि विद्युतीय भुक्तानी सेवा प्रदायकको रुपमा काम गरिरहेको र नगदरहित भुक्तानीको माध्यम बनाउन लागिपरेको इसेवाको तर्क छ । लकडाउनको विषम परिस्थितिमा पनि ग्राहकलाई सेवा दिइरहेको भन्दै इसेवामाथिको प्रहार न्यायोचित नभएको भन्दै उसले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति खेद प्रकट गरेको छ ।
इसेवाको नाम जोडेर तथा तथा यसका सञ्चालकहरुलाई जोडेर विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह र दुस्प्रचार भन्दै त्यसको पछि नलाग्न पनि इसेवाले ग्राहक, एजेण्ट, सेवा प्रदायक तथा बैंक र वित्तीय संस्थालाई आग्रह गरेको छ ।
हेर्नुहोस्, इसेवाको विज्ञप्ति ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन