६० वर्षदेखि अमेरिकी नाकाबन्दी सहेर पनि क्युवाले सिकाउँदैछ ‘अन्तर्राष्ट्रिय एकता’
निनो पाग्लिकसिया
अहिले हामीले देखिरहेका र भोगिरहेका महाव्याधिको विश्वव्यापी अनुभवलाई प्रतिनिधित्व गर्ने शब्द ‘संकट’ भएको छ । र, त्यसले मलाई राजनीतिक दर्शनशास्त्री अन्तोनियो ग्राम्सीले भनेका शब्दहरु स्मरण गराइदिएको छ, ‘संकट ठ्याक्कै त्यो तथ्यमा खरो उत्रन्छ कि बुढाहरु मर्दै गइरहेका छन् र नयाँ जन्मन सक्दैनन् । यस्तो मध्यान्तरमा धेरै अँध्यारा संकेतहरु देखापर्छन् ।’
के कोभीड–१९ ले भनेजस्तै अँध्यारो संकेत हो ? मलाई थाहा छैन । सम्भवतः उनले अन्य थुप्रै राजनीतिक लक्षणहरुका बारेमा सोचिरहेका थिए होलान् । आज ग्राम्सी जीवित हुन्थे भने सायद अमेरिकी सरकारको खराब व्यवहारको प्रतिरोध गरिरहेका देशहरु जस्तै भेनेजुयाला, क्युवा, चीन, निकारागुवा, रुस र अन्य थुपैं देशहरुमा उसले लाद्न खोजिरहेका एकाधिकारवादलाई पनि सम्भवतः त्यही अँध्यारा संकेतको संज्ञा दिने थिए होलान् । ढल्नै लागेको साम्राज्यको चरम भौतिक र मानसिक पीडा भनेकै के हो भने उसले कुनै पनि स्वस्थ र जीवितहरुमाथि नै प्रहार गर्ने गर्छन् ।
एन्टोनियो ग्राम्सी https://www.socialistalternative.org
आज ग्राम्सी जीवित हुन्थे भने सायद अमेरिकी सरकारको खराब व्यवहारको प्रतिरोध गरिरहेका देशहरु जस्तै भेनेजुयाला, क्युवा, चीन, निकारागुवा, रुस र अन्य थुपैं देशहरुमा उसले लाद्न खोजिरहेका एकाधिकारवादलाई पनि सम्भवतः त्यही अँध्यारा संकेतको संज्ञा दिने थिए होलान् । ढल्नै लागेको साम्राज्यको चरम भौतिक र मानसिक पीडा भनेकै के हो भने उसले कुनै पनि स्वस्थ र जीवितहरुमाथि नै प्रहार गर्ने गर्छन् ।
सर्वस्वीकार्य सीमालाई नाघ्दै आत्तिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरो र अन्य उच्च अधिकारीहरुको टाउकोको मुल्य तोकेका छन् र उनीहरुका बारेमा सुचना दिने वा पक्राउ गर्नेलाई २५ मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । यो सूचना हो कि हत्या ? अमेरिकाका राज्य विभागका लागि त्यो अर्थ विज्ञानको कुरा मात्रै हो । तर यो कुरामा शंका छैन, कोलम्बियामा अगस्ट २०१८ मा कोलम्बियामा विस्फोटक पदार्थ बोकेर गएका ड्रोनमार्फत् गर्न खोजिएको मदुरोको योजनावद्ध हत्याप्रयासका पछाडि अमोरिकाको नै हात थियो ।
वास्तवमै, अमेरिकाले गरेका राजनीतिक हत्यको सुची अत्यन्तै लामो छ । तीमध्ये सबैभन्दा पछिल्लो त यसै वर्ष इरानी क्वाद फौजका प्रमुख जनरल क्वासेम सुलेईमानीको हत्या गरिएको घटना हो । यहाँ कसैले पनि पीडितका बारेमा आफ्ना फैसला सुनाउने काम नगरौं । न्यायको कठघरामा उभ्याइनुपर्ने भनेको हत्यारालाई हो ।
कोभीड १९ को महामारी फैलिएकै बेला केही दिनअघि मदुरोलाई मार्न अमेरिकी विदेश विभागले निर्देशन दिनुलाई ग्राम्सीले भनेजस्तै अमेरिकी प्रशासनका विथोलिएका सामुहिक मनस्थितिको अँध्यारो संकेतकै रुपमा मात्र व्याख्या गर्न सकिन्छ ।
तर यहाँ मैले अमेरिकी साम्राज्यका प्रबन्धकहरुको मनस्थितिको कुरामा मात्रै केन्द्रीत गर्न खोजिरहेको छैन ।
हामीले ‘क्राइसिस’ शब्दको उत्पत्ति खोज्यौं भने ग्रिक भाषाको शब्द krisis बाट भएको हो, जसकोे अर्थ नै ‘निर्णय’ भन्ने हुन्छ । संकटको यो गम्भीर घडीमा हामीले भविष्यलाई नियालेर निर्णय लिनुपर्ने अवस्था छ । ती निर्णयहरु राजनीतिक पनि हुनसक्छ र हामी आशा गर्छौं त्यसले पुरानालाई दाहसंस्कार गरेर केही नयाँलाई जन्माउनेतिर दिशानिर्देश गर्नेछ ।
हामीले ‘क्राइसिस’ शब्दको उत्पत्ति खोज्यौं भने ग्रिक भाषाको शब्द krisis बाट भएको हो, जसकोे अर्थ नै ‘निर्णय’ भन्ने हुन्छ । संकटको यो गम्भीर घडीमा हामीले भविष्यलाई नियालेर निर्णय लिनुपर्ने अवस्था छ । ती निर्णयहरु राजनीतिक पनि हुनसक्छ र हामी आशा गर्छौं त्यसले पुरानालाई दाहसंस्कार गरेर केही नयाँलाई जन्माउनेतिर दिशानिर्देश गर्नेछ ।
बहुसंख्यक क्युबाली जनतालाई गरिबी र अज्ञानताको खाडलमा जाकिरहेको अमेरिकी समर्थित कुहिएको सरकारका विरुद्धमा जनवरी १९५९ मा क्युबामा केही नयाँ उभार आयो । त्यसबाट त्यहाँ पैदा भएको नयाँ समाजले विगत ६० वर्षदेखि आफ्ना अर्थतन्त्रका विरुद्ध लादिएको भयानक नाकाबन्दीलाई झेल्दै आएको छ । आफूले भोगेका चरम संकटका बाबजूद उसले मानवताको एउटा अत्यन्तै उदाहरणीय मूल्य स्थापित गरेको छ, त्यो हो– ऐक्यवद्धता ।
नयाँ क्युबाली क्रान्ति सम्पन्न भएको केही महिनामै चे ग्वेभाराले ‘क्रान्तिकारी ओखती’बारे बोल्दै भनेका थिए – ‘हामीले गरेको भनेको सहयोगको अभ्यास थियो, अब हामीले गर्नुपर्ने अभ्यास भनेको ऐक्यबद्धताको हो ।’
सफलता सुत्र – अन्तर्राष्ट्रिय ऐक्यबद्धता
मैले आफ्नो व्यवसायिक जीवनमा क्युवाली स्वास्थकर्मीसँग काम गरें, क्युबाको उत्कृष्ट जनस्वास्थ्य प्रणाली नियालें ।
यो सम्पूर्ण भूभागलाई समेटने पूर्ण सामुदायिक लगानीको प्रणाली हो । क्युबाको स्वास्थ उपलब्धि मापन गर्ने बलियो आधार यसको औसत शिशु मृत्युदर हो, जुन विश्व बैंकको सन् २०१८ को तथ्यांकअनुसार प्रति हजार ३.७ प्रतिशत मात्रै छ । जबकी, अमेरिकामा यही मृत्युदर प्रतिदर ५.६ प्रतिशत छ । क्युवाको यो सफलता प्राथमिक रुपमै रोकथाममा ध्यान दिने दृष्टिकोणको उपज हो ।
त्यहाँका संस्थाहरु बलियो हुनुका मुख्य कारण क्युबाली समाजको ऐक्यबतापूर्ण भूमिका नै हो । कोभीड–१९ लाई क्युबाले सफलतापूर्वक सामना गर्न सक्नुको पछाडिको मूल कारण पनि त्यही सामाजिक ऐक्यबद्धता नै हो, जसले गर्दा यो लेख्दासम्म क्युबामा ८० जना संक्रमित भएपनि कसैको मृत्यु भएको छैन । *
राष्ट्रपति डियाज केनलले भर्खरै भनेका थिए, ‘हामी सबैजना सबैसँग र व्यक्तिगत रुपमा एक–आपसमा निर्भर छौं ।’ अमेरिकी प्रशासनले नाकाबन्दी गरेको देशका जनतासँग महामारीविरुद्ध लड्ने आवश्यक सामाग्री भए–नभएको यकिन गर्न सामुदायिक नेता र स्वास्थ टोली झन्डै ६४ लाख ३ हजारको घरमा पुग्यो ।
घरेलु मामिलामा देखिएको ऐक्यबद्धतासँग विश्वव्यापी स्तरमा क्युबाली प्रोग्राम अफ मेडिसिन कोअपरेशनमार्फत उसले देखाएको व्यवहार मिल्दोजुल्दो छ । यो कार्यक्रमको व्याख्यामा उल्लेख भएअनुसार, यो कार्यक्रम अन्तर्राष्ट्रिय ऐक्यबद्धताको मान्यतामा आधारित छ र यो सन् १९६३ मा अल्जेरियामा स्वास्थकर्मीको टोली पठाएर शुरु भएको थियो ।
घरेलु मामिलामा देखिएको ऐक्यबद्धतासँग विश्वव्यापी स्तरमा क्युबाली प्रोग्राम अफ मेडिसिन कोअपरेशनमार्फत उसले देखाएको व्यवहार मिल्दोजुल्दो छ । यो कार्यक्रमको व्याख्यामा उल्लेख भएअनुसार, यो कार्यक्रम अन्तर्राष्ट्रिय ऐक्यबद्धताको मान्यतामा आधारित छ र यो सन् १९६३ मा अल्जेरियामा स्वास्थकर्मीको टोली पठाएर शुरु भएको थियो । आफ्नो रिसर्च पेपरमा मैले स्वस्थ भविष्यको आशाका लागि स्वास्थ्य र हेरचाहमा क्युवाले अपनाएको ऐक्यबद्धताको उदाहरण पेश गरेको छु ।
स्वास्थले प्रत्यक्ष रुपमा मानव जीवनसँग सरोकार राख्छ र पनि यसका लागि स्रोतहरु कम छन्, यस्तोमा हामीले कठिन प्रश्नहरु गर्नुपर्छ – मानव जीवनको मूल्य के हो ? व्यापार प्रतिबन्ध कति स्वीकार्य छ –र छ भने त्यसलाई मानव जीवनका लागि बनाउन सक्छौं ? हामीले समाजका रुपमा एउटा बच्चाको जीवन जोगाउन कस्तो त्याग गर्ने इच्छा राख्छौं ? यी प्रश्नहरु दार्शनिक प्रश्नहरुभन्दा माथिका कुरा हुन् । यी प्रश्नहरुकै सेरोफेरोमा हामीले गर्ने निर्णयले हामीले कल्पना गरेको समाज कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।
म र मेरा क्युवेली साथीहरुले बुझेअनुसार सीमित स्रोतका बाबजुद देशभित्र र विश्वका अन्य देशमा पनि क्युवाले मानव जीवन रक्षार्थ बलियो राजनीतिक इच्छाशक्ति प्रदर्शन गरेको छ । ठूलो जनसंख्याको स्वास्थ्य जोगाउन राजनीतिक इच्छाशक्ति देखाउने राम्रो समय संकटबाहेक अर्को हुनसक्दैन ।
पछिल्ला केही साता कोभीड–१९ सँग लड्न सहायता माग गर्ने धेरै देशहरुमा क्युबाली स्वास्थ्यकर्मी परिचालन गरिएको खबर आइरहेका छन् र यसलाई कर्पोरेट मिडियाले पनि लुकाउन सकेका छैनन् । उदाहरणका लागि, कन्जरभेटिभ नेशनल पोस्टले चीन र रुससँगै कम्युनिष्ट मुलुक क्युवाले नाटो सदस्य मुलुक इटालीमा समेतमा गरेको मुल्यवान् योगदानको स्वीकार गरेको छ ।
पछिल्ला केही साता कोभीड–१९ सँग लड्न सहायता माग गर्ने धेरै देशहरुमा क्युबाली स्वास्थ्यकर्मी परिचालन गरिएको खबर आइरहेका छन् र यसलाई कर्पोरेट मिडियाले पनि लुकाउन सकेका छैनन् । उदाहरणका लागि, कन्जरभेटिभ नेशनल पोस्टले चीन र रुससँगै कम्युनिष्ट मुलुक क्युवाले नाटो सदस्य मुलुक इटालीमा समेतमा गरेको मुल्यवान् योगदानको स्वीकार गरेको छ ।
यसबीच, पुँजीवादी अमेरिकाले आफ्ना सरकारलाई क्युवेली डाक्टर नबोलाउन निर्देशन दिएको छ । ह्वाइट हाउस ती क्युवेली डाक्टरमाथि खनिएको छ, जसले आधा शताब्दीको इतिहासमा अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन, मध्यपूर्व र एशियाका १ सय ५० देशमा ४ लाखभन्दा बढी सहकार्यहरु गरेर आफ्नो स्वास्थ मिसन सञ्चालन गरेका छन् । यो स्थितिमा अमेरिकाको तर्क यो गैरजिम्मेवार हो र त्यो मानवीय एकताको विरुद्ध छ । अन्तर्राष्ट्रिय संस्था ‘मेडिसिन्स सान्स फ्रन्टियर्स’ ले कोभीड १९ को घातक भारी सहज बनाउन गरिरहेको प्रयास प्रशंसनीय छ । हामीले प्रशंसा गर्न नसक्ने वास्तविकता यस्तो डरलाग्दो विषय अनपेक्षित जुटाएर गरिने च्यारिटीमै निर्भर गर्छ भन्ने हो ।
सारमा, संकटका बेलामा, जस्तो ज्यानमारा महामारी फैलिरहेको बेलामा, हामीले संकटलाई झनै महाखराब बनाउने पुराना धारणा त्याग्नुपर्छ र हामीले नयाँ र प्रष्ट मापदण्ड बनाउनका लागि योजना र रणनीति खोज्नुपर्छ । हामीले निष्पक्ष भएर हेर्यौं भने प्रशस्तै उदाहरणहरु पाउन सक्छौं । क्युवा त्यस्तो जीवन्त उदाहरण हो, जसले पछिल्ला इतिहासमा कहिल्यै अनुभव नगरिएको अहिले विश्वव्यापी रुपमा नै विद्यमान खराब स्वास्थ्य अवस्थाबाट छुटकारा पाउन कसरी संभव छ भनेर बुझाउँछ ।
मानवीय मूल्यका आधारमा निःशुल्क सहयोग (च्यारटी) भन्दा नितान्त भिन्न, बहुजन हितायका लागि सामाजिक संगठनहरुमा गरिनुपर्ने कार्य ऐक्यवद्धता नै हो । ऐक्येवद्धताको अभ्यास अवस्थातिको जागरुकताले निर्देशित हुन्छ र त्यसले सामाजिक परिवर्तन वा वा शक्ति– सम्बन्धलाई पुनर्परिभाषित गर्छ ।
सहयोगको पर्यायवाचीका रुपमा, अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई फराकिलो दायरामा वैदेशिक सम्बन्धको आधार स्तम्भको रुपमा पनि लिन सकिन्छ । वैमनस्यता र असहमतिभन्दा ऐक्यबद्धताका आधारमा कायम वैदेशिक सम्बन्ध कस्तो हुन सक्छ ? क्युबाले त्यो सम्भव छ भनेर देखाएको छ ।
एजेन्सीको सहयोगमा रातोपाटीको लागि अन्वेषण अधिकारीकोअनुवाद : ग्लोबल रिसर्चबाट
(*अपडेटः यो लेख अपलोड गर्दाको समय २०७६ चैत्र २१ गते दिउँसो २ः१५ बजेसम्ममा क्युबामा २३३ जनामा संक्रमण फेला परेका छन् । तीमध्ये १३ जना निको भएका छन् भने ६ जनाको निधन भइसकेको छ । –रातोपाटी)
Title Photo: https://www.globalresearch.ca
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ