प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार अर्याल भन्छन्, ‘समाचार हटाउन राजनीतिक तहकै हात हुनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले समाचार डिलिट गराउने काम राजनीतिक तहबाटै भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार बिहान अर्यालले एक ट्वीट गर्दै असगर अली एक प्राविधिक व्यक्तिमात्रै भएको भन्दै समाचार हटाउन राजनीतिक तहकै व्यक्तिको हात हुनसक्ने संकेत गरेका छन् ।
समाचार हटाउने प्राविधिक हथौडा मात्रै भएको उल्लेख गर्दै हथौडालाई नभएर हथौडा चलाउने हातलाई खोज्नुपर्ने बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्,
‘असगर जी र विकासजी प्राविधिक मात्रै हुन् । म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नुपर्छ भन्छु । यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ । सिरान टेकलाई कस्ले त्यसो गर्न लगायो, त्यो खोजौं । उनीहरुको मात्र आँटले त्यति ठूलो गलत काम भएको छैन ।’
प्रधानमन्त्री ओलीकै पूर्व प्रेस सल्लाहकार अर्यालले सिरान टेकले मात्रै त्यो काम गर्न नसक्ने भन्दै त्यसमा आरोपित व्यक्तिहरुको संलग्नता हुनसक्ने तर्फ संकेत गरेका हुन् ।
काठमाडौँ प्रेसले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा, रक्षा मन्त्री इश्वर पोखरेलका छोरा तथा प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अलीको समेत संलग्नतामा ओम्नी ग्रुपलाई स्वास्थ्य उपकरण ल्याउन ठेक्का दिइएको र त्यसमा ठूलो रकमको चलखेल भएको समाचार प्रकाशन गरेको थियो । चैत १८ गते प्रकाशन गरिएको समाचार वेभ डेभलपर सिरान टेकले चैत १९ गते डिलिट गरिदिएको थियो । समाचार डिलिट गरेको स्वीकार गर्दै सिरानटेकले माफीसमेत मागीसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन