कैलालीमा लकडाउन थप कडा
शुक्रबार, २१ चैत २०७६, १३ : २५
–टंक कुँवर
कैलाली । कैलालीमा लकडाउन थप कडा बनाइएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको भन्दै कैलाली जिल्ला प्रशासनले लकडाउनलाई आजदेखि थप कसिलो बनाएको हो । खुल्ला सिमानाकाका कारण लुकीछिपी नेपालीहरु आउने क्रम नरोकिएको र आन्तरिक अवस्थाका कारण पनि आजबाट लकडाउनलाई थप कसिलो बनाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । आजदेखि सञ्चालनमा रहेका किराना पसल र तरकारी पसल समेत बन्द गर्ने प्रशासनले जनाएको छ ।
सिमानाकामा दुईटै अधिकारी बसेर नाकालाई कडाई गर्ने र लकडाउनको समयमा भारतबाट आएका नेपालीलाई भारतीय भू–भागमै क्वारेन्टाईन बनाएर व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित