शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदुरपश्चिम सरकारले सुरु गर्‍यो राहात वितरण

शुक्रबार, २१ चैत २०७६, १३ : ०२
शुक्रबार, २१ चैत २०७६

–टंक कुवर
कैलाली । सुदुरपश्चिम सरकारले जारी लकडाउनबाट प्रभवितलाई राहात वितरण शुरु गरेको छ । आजदेखि सरकारले त्यस्ता प्रभावित लाई राहात वितरण गर्न शुरु गरेको हो । सरकारले आज सामाजिक साहारा घर वर्दगोरीया नेपाल, मानव सेवा आश्रम दृष्टि फाउन्डेसन धनगढी,  महिला तथा बालवालिका सेवक र अनाथालय विद्यालय अत्तरियालाई राहात वितरण गर्न थालिएको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए । ५ वटा आश्रमलाई  दाल, चिनी, नुन, तेल र चामले वितरण गर्न थालिएको उनले बताए ।

खाध्य संकट भएका जिल्लाहरु बाजुरा र दार्चुलामासमेत खाद्य सामाग्री वितरण गर्ने तयारी मा जुटिरहेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । नागरिकलाई सामाजिक प्रत्याभूति दिलाउन सुदुरपश्चिम प्रदेश लागिरहेको बताउँदै मन्त्री सुवेदीले भने, ‘छिट्टै कन्चनपुरका असाहाय २ वटा आश्रम र विकट पहाडी क्षेत्रमा राहात वितरण गर्ने योजना छ ।’ उनले लकडाउनको प्रभाववाट कोही नागरिकले भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ प्रदेश सरकार लागिरहेको बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप