शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउनले प्रधानमन्त्री ओलीलाई ‘राहत’ !

शुक्रबार, २१ चैत २०७६, १२ : ५४
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट नेपाल पनि मुक्त हुन सकेन । कोरोनाकै कारण अन्य देशहरुजस्तै नेपाल पनि भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि ‘लकडाउन’मा गएको ११ दिन भइसकेको छ । लकडाउन यता देशभरका मानिस घरभित्र सीमित छन् । के धनी, के गरिव, के मजदुर, के प्रधानमन्त्री, के राष्ट्रपति, के दलका नेता र कार्यकर्ता सबैको दौडधुप बन्द छ । भेटघाट तथा सबै राजनीतिक कार्यक्रमहरु एक महिना यता ठप्प छन् । सबैको ध्यान कोरोनालाई परास्त गर्ने विषयमा केन्द्रित छ ।

कोरोनाबाट बच्न भिडभाड र सामाजिक दुरी कायम गर्नुपर्ने तथा आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरुको भनाइ छ । त्यसैले पनि कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वका धेरैजसो मुलुकले लकडाउनको सहारा लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने लकडाउनले दोहोरो फाइदा तुल्याएको छ । गत महिना मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली त्यसै पनि धपेडी र भीडभाडबाट टाढा रहनुपर्ने अवस्थामा थिए । चिकित्सकहरुले उनलाई केही साता राम्रोसँग आराम गर्न सुझाएका थिए । यद्यपि प्रधानमन्त्री ओलीको स्वभाव भने स्थिर भएर आराम गर्ने खालको नरहेको उनका निटक सहयोगीहरु बताउँछन् ।

‘उहाँ त्यत्तिकै बसिरहन सक्नु हुन्न,’ ओली निकट रहेर लामो समय काम गरेका नेकपाका एक नेता भन्छन्, ‘भेट्न आउनेलाई निराश बनाउन सक्नुहुन्न, भ्याएसम्म सबैजसो काममा आफैँ सक्रिय हुनुहुन्छ ।’


प्रधानमन्त्री केपी ओलीले लकडाउनको यो समयलाई आफ्नो स्वास्थ्यलाभमा सदुपयोग गर्न पाएका छन् । ‘स्वाभाविक रुपमा भेटघाट र दौडधुप कम हुने नै भयो । तर नियममित काम भइरहेका छन्’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, ‘प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणपछि केही समय दौडधुप र भेटघाट कमै गर्नुपर्ने थियो, अहिले अवस्थाले पनि त्यस्तै पारिदियो । यसको अर्थ प्रधानमन्त्री चुप लागेर बस्नुभएको छ भन्ने होइन ।’

 


यस्तो अवस्थामा चिकित्सकले भनेझैँ प्रधानमन्त्री ओली आराम गरेर बस्न सम्भव नदेखिएको उनको भनाइ थियो । तर अहिले मुलुक नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि प्रधानमन्त्रीको स्वास्थ्यका दृष्टिले पनि ठूलो राहत मिलेको उनी बताउँछन् । लकडाउनका कारण बालुवाटारमा आउनको भीड लगभग शुन्यको अवस्थामा छ भने सार्वजनिक कार्यक्रम बन्द भएको हुँदा प्रधानमन्त्री ओली पनि धपेडीबाट मुक्त भएको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्री केपी ओलीले लकडाउनको यो समयलाई आफ्नो स्वास्थ्यलाभमा सदुपयोग गर्न पाएका छन् । ‘स्वाभाविक रुपमा भेटघाट र दौडधुप कम हुने नै भयो । तर नियममित काम भइरहेका छन्’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, ‘प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणपछि केही समय दौडधुप र भेटघाट कमै गर्नुपर्ने थियो, अहिले अवस्थाले पनि त्यस्तै पारिदियो । यसको अर्थ प्रधानमन्त्री चुप लागेर बस्नुभएको छ भन्ने होइन ।’

लकडाउनकै समयमा ओली एक पटक पुनः अस्पताल भर्ना भई स्वास्थ्य लाभ गरेर बालुवाटार फर्केका छन् । गत चैत १३ गते मुटुको चालमा केही समस्या भएपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा आकस्मिक उपचार गराएर त्यसको भोलिपल्ट बालुवाटार फर्केका हुन् ।

त्यसअघि प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि गत फागुन १९ गते सोही अस्पताल भर्ना भएका थिए । ओली अस्पताल भर्ना भएको दुई दिनपछि अर्थात फागुन २१ गते उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि केही दिनको अस्पताल बसाई र सघन उपचारपछि उनी फागुन ३० गते बालुवाटार फर्केयता मुलुकमा कारोनाको त्रास क्रमशः बढ्दै थियो ।


सार्क राष्ट्रका प्रतिनिधिहरुबीचको भिडियो कन्फरेन्समा ओली आफै सहभागी नभएर आफ्नो मन्त्रिपरिषका सदस्य या विभागीय मन्त्रीलाई नेपालको प्रतिनिधित्व गराउन पनि सक्थे । तर उनले त्यसो गरेनन्, बरु सकि नसकि आफै सहभागी भए, कोरोनाबारे अपनाउनुपर्ने सावधानी र भइरहेका प्रयासबारे आफ्नो तर्फबाट धारणा राखे ।


दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर ओली बालुवाटार फर्कदासम्म नेपालमा कोरोना भाइरसको सन्त्रास ह्वात्तै बढिसकेको थियो । यो त्रास प्रधानमन्त्री ओलीमा सायदै थियो । त्यसैले हुनसक्छ, अस्पतालबाट बालुवाटार फर्केको केही घण्टामै अर्थात चैत २ गते कोरोना नियन्त्रण तथा रोकथामका उपायबारे सार्क राष्ट्रहरुबीच साझा धारणा बनाउन गरिएको सार्क मुलुकका प्रतिनिधहरुबीचको भिडियो कन्फरेन्समा ओली आफै सहभागी बने ।

सार्क राष्ट्रका प्रतिनिधिहरुबीचको भिडियो कन्फरेन्समा ओली आफै सहभागी नभएर आफ्नो मन्त्रिपरिषका सदस्य या विभागीय मन्त्रीलाई नेपालको प्रतिनिधित्व गराउन पनि सक्थे । तर उनले त्यसो गरेनन्, बरु सकि नसकि आफै सहभागी भए, कोरोनाबारे अपनाउनुपर्ने सावधानी र भइरहेका प्रयासबारे आफ्नो तर्फबाट धारणा राखे । प्रतिकुल स्वास्थ्यका बाबजुद ओली उक्त कार्यक्रममा सहभागी भएकोमा कतिपय शुभचिन्तकहरुले आफ्नो स्वास्थ्यप्रति खेलाची गरेको भन्दै उनको आलोचना समेत गरे ।

त्यसवेलासम्म नेपालमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फाट्टफुटट् निर्णयहरु भए पनि प्रभावकारी कदम चालिएको थिएन । नेपालमा कोरोना भाइरस संक्रमित पहिलो विरामी भेटिदासम्म सामान्य जस्तै मानिएको यो महामारीका विरुद्ध प्रधानमन्त्री ओली अस्पताल भर्ना हुुनु अघिल्लो दिन बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरिसकेको थियो ।

उक्त समितिले कोरोना केन्द्रित विभिन्न बैठकहरु राखेर छलफल चलाइसकेको थियो । त्यसक्रममा उच्चस्तरीय समन्वय समितिका बैठकहरु मात्रै बसेनन्, पूर्वप्रधानमन्त्रीहरुसहितको सर्वदलीय बैठक नै राखेर महामारीविरुद्ध लड्न राष्ट्रिय संकल्प जुटाइएको थियो ।

यो एक महिनाको विचमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दुई पटक मन्त्रिपरिषद बैठक बोलाए भने एक पटक उनी सिंहदरवारमा भएको भिडियो कन्फरेन्समा सहभागी बने । त्यसबाहेक उनले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरे भने एक पटक सचिवालय बैठक बोलाए । सचिवालय बैठकले खासै कुनै निर्णय नगरे पनि प्रधानमन्त्रीले गरेको उक्त सम्बोधनमा सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने घोषणा गरेका थिए । सँगै ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने तथा लामो दूरीका सवारी साधनमा चैतभर रोक लगाउने घोषणा गरेका थिए । चैत १५ को मन्त्रिपरिषद बैठकले त्यसलाई बढाउदै चैत २५ सम्मलाई लम्ब्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप