शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एडिबीले भन्यो– नेपालको आर्थिक बृद्धिदर  खुम्चेर ५.३ प्रतिशतमा झर्छ

शुक्रबार, २१ चैत २०७६, १२ : ५२
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । एशियाली डेभलपमेन्ट बैंकले नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । सन २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने उसको प्रक्षेपण छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशभर भएको लकडाउन र त्यसले उद्योग, सेवा तथा आपूर्ति प्रणालीमा पारेको प्रभावका कारण आर्थिक वृद्धिदर संकुचित हुने एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताएका छन् ।

गत आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकोमा यस वर्ष १.८ प्रतिशत विन्दूले आर्थिक वृद्धिदर खुम्चिने एडिबीको प्रक्षेपण छ । कोरोना भाइरस अझै बढ्दै जाने हो भने यो भन्दा पनि कम आर्थिक बृद्धि हुनसक्ने आंकलन एडिबिको छ । कोरोनाकौ कारण रेमिट्यान्समा गिरावट आइ आन्तरिक मागमा पनि गिरावट आउने उसको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप