शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्त चौधरी र राजसागरले ल्याए कोरोना महामारीकै बीचमा सन्देशमुलक गीत

शुक्रबार, २१ चैत २०७६, १२ : १६
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासमा नेपालीहरु बिगत १० दिनदेखि लकडाउनको अवस्थामा घरभित्रै छन् ।  यस्तो अवस्थामा पनि जोखिम मोलेर गायक तथा संगीतकार राज सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको’ बोलको गीत  भिडियोसहित सार्वजनिक गरेका छन् । 

बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबार तयार गरिएको हो । गीत समय सान्दर्भिक भएको कारण पनि अहिले बाहिर ल्याइएको हो । गीतमा कवि तथा गीतकार वसन्त चौधरीको शब्द रहेको छ । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनाशकारीको रुपमा चर्चा गरिएको छ ।

गीतमा अहिले दयनीय अवस्थामा रहेको मानिसको उद्धार गर्नुपर्ने आसय ब्यक्त भएको छ ।  कोरोनाबाट आफु पनि जोगिन, अरुलाई पनि जोगाउन र संकटमा रहेकाहरुलाई उद्धार गर्न गीतले आह्वान गरेका छ ।
शब्द राम्रो र सन्देशमुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरि लिरिकल भिडियोको रुपमा गीत आफुले ल्याएको  गायक राजले बताए । 

भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप