शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गल्फ खेलाडी प्रतिमा फोर्ब्सको सूचीमा

शुक्रबार, २१ चैत २०७६, १२ : ०८
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । नेपालकी नम्बर एक एमेच्योर महिला गल्फ खेलाडी प्रतिमा शेर्पा फोब्र्सको थर्टी अन्डर थर्टी एसिया क्षेत्रको प्रभावशाली युवा महिलाको सूचीमा परेकी छन् । विश्व चर्चित म्यागजिन फोब्र्सले प्रतिमालाई खेलाडी र मनोरञ्जन विधामामा समावेश गरेको हो । २० वर्षीया प्रतिमा नेपालको महिला गल्फमा सम्भावना बोकेकी खेलाडी हुन् । 

काठमाडौंको एयरपोर्ट नजिक रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी प्रतिमा सानैदेखि गल्फ खेल्थिन् । बच्चामा गल्फ कोर्समा काम गर्ने बाबुआमाको संगतले गल्फ सिकेकी प्रतिमा विस्तारै नेपालकै नम्बर एक महिला खेलाडी बनेकी हुन् । उनी अहिले अमेरिकाको सान्टा बारबरा सिटीमा गल्फ खेलसँगै स्नातक अध्ययन गरिरहेकी छन् । अमेरिकामा रहेका कारण प्रतिमाले हालै नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश हुन सकिनन् । साग महिला गल्फमा नेपालले टिम स्पर्धामा कांस्य जितेको थियो ।

सामान्य परिवारकी प्रतिमा नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने लक्ष्यका साथ तयारी गरिरहेकी छन् । नेपालमा अहिलेसम्म महिला प्रोफेसनल गल्फर छैनन् । फोब्र्सले सुचीमा प्रतिमासँगै नेपालका शुभांगी राणा, जेसलिना राणा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारीलाई पनि समेटेको छ । यी पाँच जनालाई प्रभावशाली युवा उद्यमी महिलाको सूचीमा राखेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप