बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मन सधैं शान्त राख्नुहोस्, आत्मविश्वास कमजोर हुन नदिनुहोस्: त्यसपछि मात्रै पाइन्छ सुख

शुक्रबार, २१ चैत २०७६, १० : ३७
शुक्रबार, २१ चैत २०७६

सकारात्मक सोचका कारण हामी साना–ठूला समस्या हटाउन सक्छौं । यसबारे एउटा कथा प्रचलित छ । कथाका अनुसार पुरानो समयमा दुई सन्त सधैं सँगै बस्दथे, एउटै आश्रममा । एउटाको नाम थियो सुखी र अर्कोको नाम दुःखी थियो । सन्त सुखी जुनसुकै स्थितीमा सुखी रहन्थे, जबकी अर्का सन्त सधैं दुःखी रहन्थे । त्यसैले उनको नाम नै दुःखी राखिएको थियो । गाउँलेहरु आफ्ना समस्या लिएर यी सन्तको आश्रममा जान्थे । दुबै सन्तले आ–आफ्नो तरिकाले समस्यामा परेका मानिसहरुलाई समाधानका उपायबारे जानकारी दिन्थे । दुःखी सन्तको समाधान पनि निकै राम्रो हुन्थ्यो जसमार्फत् मानिसहरुको चिन्ता हट्दथ्यो । यी दुईको जीवनशैली एकै किसिमको थियो तर विचार निकै भिन्न ।

दुःखी सन्तले आफ्नो दुःखको कारण बुझ्न सकेका थिएनन् । एकदिन उनी आफ्ना गुरु भएठाउँ गएर प्रश्न सोधे, ‘मानिसहरुले मेरो अनुहारको हाउभाउ देखेर नै मेरो नाम दुःखी राखिदिएका छन् । म पनि सन्त सुखीले झैं दैनिक पूजा–पाठ गर्छु, हरेक काम इमान्दारिताका साथ गर्छुृ, तर पनि मेरो जीवन किन दुःखदायी छ ?’

गुरुले दुःखी सन्तलाई भने, ‘तिमीहरु दुबै एउटै काम गर्छौ, तर दुबैको सोच र व्यवहार भिन्न भिन्न छ । सुखी सन्तको मन सधैं शान्त रहन्छ, उनी सन्तोषी छन् । ठूल्ठूला समस्या पनि आफैं समाधान गर्न सक्छु भन्ने आँट छ, उनीसँग । त्यसकारण सधैं सुखी रहन्छन् । जबकी तिमी हरेक स्थितीमा अशान्त रहन्छौ, परिणामसँग कहिले पनि सन्तुष्ट हुँदैनौं । तिमीलाई आफैंमा विश्वास नै छैन । त्यसकारण तिमी दुःखी भइरहन्छौ ।’

कथाको पाठः

मनको शान्ति र आत्मविश्वासले नै मानिसहरुलाई ठूल्ठूलो समस्याबाट बाहिर निकाल्छ । त्यसकारण आफैंलाई विश्वास गर्नुहोस् र मन शान्त राखेर काम गर्नुहोस् । त्यसपछिख मात्रै तपाईंले सुख र सफलता पाउन सक्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप