मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सीमामा अलपत्र नेपालीमाथि सरकारले शरणार्थीलाई जस्तो  व्यवहार देखायो :  नैनसिंह महर

शुक्रबार, २१ चैत २०७६, १० : ०१
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले विदेशबाट आफ्नो घर फर्किने नेपालीमाथि सरकारले आप्रवासी शरणार्थीको जस्तो ब्यवहार गरेको बताएका छन् ।

भारतबाट आएका  नेपालीहरु सीमानाकामा अलपत्र पर्दा पनि क्वारेन्टाइनलगायत आवश्यक प्रवन्ध नगरि सरकार मुकदर्शक बन्नु दुःखद र गम्भीर विषय भएको उनको भनाइ छ ।

'उनीहरुले सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी गरे । सरकारले सुनेन । बाध्य भएर ज्यानको बाज़ी  थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार अक्ष्यम्य छ,' महरले भने,  कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी राख्नुपर्ने बेला उनीहरुलाई क्याम्पमा राखिएको छ । त्यहा उत्पन्न खतराको जिम्मा कसले लिन्छ सरकार ?' 

आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार  बनेको उनको आरोप लगाए । 'रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ भन्दै आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बन्यो,' महरले भने ।


भारतका विभिन्न क्षेत्रबाट दार्चुलाको सीमा धार्चुलामा अलपत्र परेका नेपालीहरुमध्ये केहीले महाकाली नदीमा पौडिएर नेपाल प्रवेश गरेका छन् भने केहीलाए उतै क्याम्पमा राखिएको छ । पौडिएर नेपाल आएकालाई प्रहरीले लुगा समेत अगाउन नदिए नियन्त्रणमा लिएको तस्बीरहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

महरले भने, 'प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा बजार समेत घुमाएको छ । कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेका बेला देशको सिमानानै अलपत्र परेका आफ्ना नागरिकहरुलाई बेवास्ता गर्नु यो सरकारको निकम्मापनको पराकाष्टा हो ।'


सीमामा आएका नेपालीलाई आवश्यक  परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने र जोखिम नभएकाहरुलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाउन सकिने महरको सुझाव छ ।

यस्तै, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएर फर्काएका र्यापिड टेस्टिङ किट सरकारले किनेको उनको आरोप छ । यस्तो महामारीका बेला स्वास्थ्य जस्तो क्षेत्रमा पनि करोडौंको भ्रष्टाचार देखिएको भन्दै महरले यसबारे प्रधानमन्त्रीसँग जवाफ माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप