इँटा उद्योग बन्द नहुने, तीन गुणासम्म मूल्य वृद्धि हुने प्रक्षेपण
काठमाडौं – कोरोेना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथामका लागि नेपाल यति बेला लकडाउनमा रहे पनि मुलुकभरका इँटा उद्योग भने बन्द नहुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार निर्माण सामग्रीका साथै इँटा उत्पादन पनि अत्यावश्यक वस्तुअन्तर्गत पर्ने भएकाले इँटा उद्योग बन्द नभएका हुन् ।
इँटा उद्योग मौसमी भएकाले यसलाई अहिले बन्द गर्ने हो भने आगामी दिनमा इँटाको मूल्य महँगो हुनेछ । त्यही भएर सुरक्षाका उपायहरू अपनाएर उत्पादन गर्न उद्योगीहरूलाई जानकारी गराइएको राज्यमन्त्री दुगडले बताए । यद्यपि नेपाल इँटा उद्योग महासंघले १ हप्ताअघि इँटा उद्योग बन्द नगर्न भन्दै मन्त्रालयमा निवेदन दिएको थियो ।
मजदूर तथा श्रमिकहरू इँटा उद्योगभित्र नै बस्ने र बाहिरको आवतजावत पनि कम हुने भएकाले कोरोना भाइरसको संक्रमण उच्च नहुने उनको तर्क छ । कोइला आयातका लागि ढुवानी गर्न सवारीसाधनलाई पास तथा सुरक्षाको व्यवस्था मिलाइएको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु