बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेती अस्पतालमा कोरोना भाइरससम्वन्धी नमुना परीक्षण सुरु

बिहीबार, २० चैत २०७६, २३ : ००
बिहीबार, २० चैत २०७६

कैलाली । सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरससम्वन्धी स्वाव नमुना परीक्षण सुरु गरिएको छ । आज साँझबाट नमुनाको परीक्षाण शुरु भएको हो । संघीय सरकारले परीक्षणसम्बन्धी उपकरण पठाएपछि परीक्षण गर्न सुरु गरिएको सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी सदए ।

संघीय मन्त्रालयबाट खटिएका मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही सहितको ४ जनाको टोलीले सो परीक्षण गर्न थालेको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको जनाइएको छ  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप