शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवती महिलाको हवाई उद्धार

बिहीबार, २० चैत २०७६, २२ : १७
बिहीबार, २० चैत २०७६

काठमाडौं ।लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुननसकि प्रसव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको पनिहवाई उद्धार गरि काठमाडौं ल्याइएको छ । सुत्केरी गराउनबिहीबार (आज)बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका वडा नम्बर ४ की ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्यअवस्था जटिल रहेको खबर पाउने वित्तिकै नेपाली सेनाको हेलिकप्टरमार्फत् निःशुल्क हवाई उद्धार गरी काठमाडौं ल्याइएको हो ।

लकडाउनका कारण मुलुक ठप्प भएपनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौं ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा उनको उपचार भइरहेको छ । पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमार बच्चा दुवैको जीवन रक्षाका लागि काठमाडौं रिफ्र गर्नु परेको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. आशिष आलोकले जानकारी दिए । उनका अनुसार पेटमा रहेको शिशुले दिशा गरेको र त्यसले उनको स्वास्थ्य अवस्था गम्भिर भएको थियो । 

पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था जटिल भएपछि चिकित्सकहरुको सिफारिसमा सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी आफ्नी श्रीमतिको हवाई उद्धार गरी काठमाडौं ल्याइएको परशुराम राईले बताए । उनले लकडाउनका बेला पनि मन्त्री गुरुङले आफ्नी श्रीमतिको तत्काल हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाई दिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

आमा र पेटमा रहेका शिशुको स्वास्थ्य अवस्था जटिल भएको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी गराएपछि सोखुखुम्बुका प्रमुखजिल्ला अधिकारी रमा आचार्यले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिफारिस गरेकी थिइन् । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत यस मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । यसैबीच मन्त्री गुरुङले उपचाररत ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप