शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुुहारी बनाउने भन्दै छोरा र परिवारसँग भेटाउन बोलाएर बलात्कार

बिहीबार, २० चैत २०७६, २० : ४६
बिहीबार, २० चैत २०७६

रौतहट । दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका ९ रामपुरका अन्सारीलाई प्रहरीले पक्राउ परेको छ । 

आरोपी अन्सारीलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको हो । अन्सारीमाथि जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मद्दा विहीबार दर्ता भएको प्रहरीले जनाएको छ ।
अन्सारीले आफ्नो छोराको फोटो देखाएर बिहेको कुरो छिन्न केहीदिन अघि छोरालाई देखाउन भनी रौतहटकी एक किशोरीलाई कलैया बोलाएका थिए ।

किशोरीकी बजैलाई अन्यत्र राखेर कोशोरीलाई कलैयास्थित एउटा होटेलमा लगेर ज्यानमार्ने धम्की दिँदै करणी गरेको पीडित किशारीले बताएकी छन् । कलैयाबाट घर फर्केकी पीडित किशोरीसहित घरका मानिसले प्रहरीलाई खबर गरेपछि रौतहटको गुजरास्थित आफन्तको घरमा आएको समय अन्सारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

अन्सारी नियन्त्रणमा रहेको र पीडिलाई जाहेरीसहित आवश्यक कारवाहीको लागि बुधबार जिल्ला प्रहरी कार्यालय बारा पठाइएको  डिएसपी महतोले जानकारी दिए । उता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्राले पीडितको उजुरी दर्ता भइसकेको र स्वास्थ परीक्षण पनि जिल्ला अस्पताल कलैयामा भइसकेको बताए ।

केहीदिन अघि रौतहटका अन्सारील ती किशोरीसँग बिना दाइजो आफ्नो छोराको बिहे गर्ने घर परिवारका मानिसलाई आश्वासन दिएर गएका थिए । त्यसको १२ दिनपछि फेरि छोराको फोटोसहित आएका अन्सारीले केहीलाई बुहारी स्विकार गर्दै बुहारीको मुख हेरेको भन्दै किशोरीलाई ६ सय ६० रुपैया समेत दिएका थिए ।

अन्सारीले छोरा र घर परिवारलाई देखाउँछु भनि किशोरीलाई कलैया बोलाएर करणी गरेको पीडितकी बजैले बताइन् । अन्सारीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने उनको माग रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप