शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन अवधिसम्मका लागि अतिविपन्न परिवारलाई खाद्यान्न सामग्रीको राहत

बिहीबार, २० चैत २०७६, २० : २८
बिहीबार, २० चैत २०७६

जनकपुर । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले दैनिक ज्याला गरी गुजारा गर्ने मजदुरको घरपरिवारमा निकै समस्या परिरहेका बेला स्थानीय जनप्रतिनिधिको पहलमा अत्यावाश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

लकडाउनको समयावधिलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष जानकीराम साहको पहलमा खान समस्या भएका गरीब तथा दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एशोसिएनले खाद्यान्न राहत सामाग्री वितरण गरेका हो । 

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको चेन तोड्न जारी लकडाउनले गर्दा गरीब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुको राहत पाएपछि निकै उत्साहित छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको पहलमा एशोसिएसनले १ सय ५० अति विपन्न परिवारलाई चामल, दाल, आलू, प्याज, नुन र सोयाबिन सहितका खाद्यान्न सामाग्री वितरण गरेको छ ।  

वडा स्थित योग शिविरमा सामाजिक दुरीको ख्याल गर्दै व्यवस्थित तरिकाले साढे ३ फिटको दूरी कायम गर्दै राहत वितरणका साथै ती दलित परिवारलाई एक÷एक वटा मास्क र साबून समेत वितरण गरिएको छ ।एशोसिएशनका अध्यक्ष प्रमोद साहले महामारी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा गरीब दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूरलाई खानाको निकै समस्या भएको दृष्टिगत गर्दै एशोसिएसनका साथीहरुको सहयोगमा ति परिवारलाई राहत वितरण वितरण गरिएको बताए । 

उनले भने– ‘पहिलो चरण हो, आवश्यकता भए अन्य वडाले पनि हामीले समन्वय गरेर लकडाउनको अवधि भरका लागि राहत वितरण गरेका हौँ ।’ उनले अघि स्पष्ट पार्दै भने– ‘हामीले भ्याएसम्म आजको मिति देखि ५ दिनसम्म लकडाउनको अवधि रहेकाले सोहि अनुसार राहत सहयोग गरेका छौँ ।’ 

त्यस्तै, वडाध्यक्ष रामजानकी साहले यस वडामा अत्यधिक संख्यामा मुसहर दलित लगायत गरीब परिवार रहेको कारण हामी लकडाउन अवधि शुरु भएदेखि नै स्थानीयवासलाई आवश्यकता अनुसार पटक पकट गरी खाद्यान्न सामाग्री लगायतका राहतका साथै थोक दर रेटमा आलू प्याज लगायतका सामाग्री विक्री वितरण गर्दै आएका छौँ । उनले भने– ‘तर आज भने अति विपन्न परिवारहरुलाई भने निःशुल्करुपमा १ सय ५० जना परिवारलाई राहत सामग्रीको प्याकेज बनाएरै वितरण गर्यौँ ।

संक्रमणकालिन घडीमा जनकपुरधाम उपमहानगरपालिका कार्यपालिकाको कार्यालय मौन रहेको समयमा वडास्तरमै अन्य सहयोगी हातहरुलाई समेत गरीब असहाय र दलित परिवारलाई सहयोग गर्न वडाध्यक्ष जानकीराम साहले आग्रह गरे । वडाध्यक्ष साहले सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म कुनै सहयोग वा समन्वय नगरेको गुनासो समेत गरे । 

जनकपुरधाम उपमहानगरपालिकामा हजारौँ परिवार लकडाउन अवधिमा भोकै बस्नुपर्ने अवस्था छ, तर उपमहानगरपालिकाबाट तिनीहरुको व्यवस्थापन वा कुनै सहयोग नगरेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । 

प्रदेश सरकारले जनकपुरधाम उपमहानगरलाई राहत वितरणका लागि २० लाख रुपैयाँ दिएपनि लकडाउनको समयमा गरीब असहाय दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूर परिवारका लागि उपमहानगरपालिका निरिह देखिएको जनकपुरधाम वडा नम्बर ८ बस्ने सरोज मिश्रको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप