भारतीय चर्चित खेलाडी गम्भीरले कोरोना राहत कोषमा २ वर्षको तलब जम्मा गर्ने
एजेन्सी । भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पु¥याउन आफ्नो तलव दिने घोषणा गरेको बताएका हुन् ।
‘अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफुले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ’ उनले बिहिवार भने । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन् ।
भारतमा बिहिवारसम्म कोरोना भाइरसको कारण एक हजार ९६५ जना सङ्क्रमित भएका छन् । तिमध्ये १३१ जना पछिल्लो १२ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना