शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालयको कोरोना कोषमा ५ लाखको योगदान

बिहीबार, २० चैत २०७६, १८ : २९
बिहीबार, २० चैत २०७६

काठमाडौं– नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोनाभाइरस रोग रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।              

बैंकको संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई हस्तान्तरण गरे । 

यस अघि नेपाल बैंकको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा १ करोड जम्मा गरिसकेको छ ।

हाल गण्डकी प्रदेशमा बिभिन्न २३ वटा शाखाहरु, १७ वटा ए.टी.एम. र ५ वटा एक्टेन्सन काउण्टरहरुमार्फत बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेको छ । 

बैंकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सर्वोपरी मान्दै पोखरा उपत्यकाका पृथ्वीचोक तथा सि.अ.पोखरा(तेर्सापट्टी) बाट बैंकिङ सुविधा आलोपालो गरी प्रदान गर्दै आएको पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठले जानकारी दिइन् ।

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप