बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथाम कोषमा २२ वटा वाणिज्य बैंकले दिए २५ करोड

बिहीबार, २० चैत २०७६, १८ : १७
बिहीबार, २० चैत २०७६

काठमाडौं । सरकारले वाणिज्य बैंकहरुलाई कोरोना कोषमा छिटो सहयोग गर्न दवाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै वाणिज्य बैंकलाई कोरोनाका लागि स्थापना गरिएको कोषमा छिटो र सकेसम्म धेरै सहयोग गर्न भनेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर छलफल गरेको थियो । उक्त छलफलमा २२ वटा बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए ।उक्त छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत कोरोना रोकथाम समितिका अधिकारीहरु सहभागी थिए । 

उक्त छलफलमा बैंकहरुले कोषमा कति सहयोग गर्न सक्ने हो भनेर सोधिएको थियो । २२ वटा वाणिज्य बैंकहरुले छुट्टाछुट्टै रुपमा करिब २५ करोड ४० लाख रुपैंया बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बाँकी ५ बैंकहरुले भने सहयोगको प्रतिवद्धता व्यक्त गर्न बाँकी छ । ती बैंकहरुमा स्ट्यान्डर्ड चाटर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सनराइज बैंक र एनआईसी एसिया बैंक छन् ।

बैठकमा सहभागी बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले छलफलमा कोरोना रोकथाम कोषमा सहयोग गर्ने विषयमा केन्द्रित भएर छलफल गरिएको जानकारी दिए । ‘उहाँहरुले कोषमा कसले कति सहयोग गर्न सक्नुहुन्छ भनेर सोध्नुभएको थियो । हामीले आ–आफ्ना सहयोग प्रतिवद्धताहरु व्यक्त गर्यौं ।’ अध्यक्ष दाहालले रातोपाटीसँग भने । 

कसले कति गरे सहयोग ? 
कृषि विकास बैंक– १ करोड ६० लाख
बैंक अफ काठमाण्डू – १ करोड ५ लाख ५० हजार
सेञ्चुरी बैंक – ८५ लाख
सिटिजन्स बैंक – ५० लाख
सिभिल बैंक – ७२ लाख ५० हजार
ग्लोबल आईएमई बैंक – १ करोड १५ लाख
हिमालयन बैंक – १ करोड १५ लाख
कुमारी बैंक – ७० लाख
लक्षी बैंक – १ करोड
माछापुच्छ्रे बैंक – १ करोड ४ लाख
मेगा बैंक – १ करोड १५ लाख
एनसीसी बैंक – १ करोड
नेपाल बंगलादेश बैंक – १ करोड ४५ लाख
नेपाल बैंक – १ करोड ३५ लाख
नेपाल एसबीआई बैंक – १ करोड
नेपाल इन्भेष्टमेन्ट बैंक – १ करोड
एनएमबि बैंक – १ करोड ५१ लाख
प्रभु बैंक – १ करोड १ लाख
प्राइम कमर्शियल बैंक – १ करोड ७५ लाख
राष्ट्रिय वाणिज्य बैंक – १ करोड ५० लाख
सानिमा बैंक – १ करोड ६३ लाख
सिद्धार्थ बैंक – ८५ लाख
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप