शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि बैंकको कोरोना रोकथाम कोषमा १ करोड ५१ लाख योगदान

बिहीबार, २० चैत २०७६, १७ : ३२
बिहीबार, २० चैत २०७६

काठमाडौं– एनएमबि बैंकले कोरोनाभाइरसको महामारीबिरुद्घ अग्रसर हुन स्थापित सरकारको ‘कोभिड–१९ रोकथाम कोष’लाई १ करोड ५१ लाख योगदान गरेको छ ।

उक्त रकम प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रदान गरेका छन् ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । 

यसबाहेक बैंकले अनलाइन ब्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यूआर कोडमार्फत गरिएको कुल भुक्तानीको १५% रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत केसीले यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले समुदायमा दीगो प्रभाव पार्न हाते मालो गर्ने विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप