बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथाममा अर्थमन्त्रालय अन्तर्गतका निकायले गरे झण्डै ४८ करोड सहयोग

बिहीबार, २० चैत २०७६, १७ : २५
बिहीबार, २० चैत २०७६

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान जारी छ । हालसम्म अर्थ मन्त्रालय अन्तर्गतका निकायबाट झण्डै ४८ करोड सहयोग प्राप्त भएको छ । 

हालसम्म विमा समितिले ५ करोड, नेपाल धितोपत्र बोर्डले ३ करोड, कर्जा तथा निक्षेप,सुरक्षण कोष ३ करोड, नेपाल स्टक एक्सचेन्ज ३ करोड ५१ लाख, सिडिएस कम्पनी ३५ लाख, राष्ट्रिय वीमा कम्पनी लिमिटेड २ करोड, राष्ट्रिय बीमा संस्थान १ करोड सहयोग गरेका छन् । 

 नेपाल पुर्नबीमा कम्पनी १ करोड ११ लाख, नागरिक लगानी कोष २ करोड, कर्मचारी सञ्चय कोष ५ करोड, २० भन्दा बढि बैंकहरुबाट २२ करोड योगदान गर्ने घोषणा मध्येको रकम निरन्तर आउने प्रक्रिया रहेछ । 

यता सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त पनि सहयोग जारी छ । नेपाल दुरसञ्चार प्राधिकरण १५ करोड, नेपाल टेलिकम १२ करोड सहयोग आएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायबाट पनि सहयोग आउनेक्रम जारी रहेको छ । नेपाल आयल निगमबाट  ५० करोड रुपैयाँ सहयोग आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप