शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको नियन्त्रणमा

बिहीबार, २० चैत २०७६, १७ : १७
बिहीबार, २० चैत २०७६

मकवानपुर । जिल्लाको कैलाश गाउँपालिका–८ आँखेटारबाट भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीले ३० वर्षीय टोकन भन्ने रुद्र बहादुर मोक्तानलाई भरुवा बन्दुक ३ थान, फलामको बेरिङ् २ थान र लाम्चो फलाम १ थान सहित बिहीबार बिहान पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने ३० वर्षीय लाल बहादुर मोक्तानलाई चैत ७ गते गोली प्रहार गरी घाइते बनाई फरार रहेका मोक्तान उनकै गाईगोठमा लुकिछिपी बसेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप