मन्त्रालयको निर्देशनप्रति भ्रमण बर्ष प्रदेश संयोजकको असन्तुष्टि
जनकपुर । नेपाल सरकारले भ्रमण बर्ष रद्ध गरेको घोषणा गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ दिन भित्रमा नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सम्पूर्ण कामकारवाही सहित सरसामग्री फिर्ता गर्न दिएको निर्देशनको विरोध भएको छ ।
बर्ष प्रदेश २ संयोजक मनिष झाले भ्रमण बर्ष रद्ध गर्नु सकारात्मक भएपनि कोरोना भाइरस संक्रमणको त्रासको बेला नौ दिनभित्र हरहिसाब, प्रतिबेदन र समापन गर्न सम्भव नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘प्रदेशको मन्त्रालयहरुमा पूर्ण रुपमा कार्यविधि र संयन्त्र नबनिसकेको अवस्थामा ९ दिन भित्र त्योपनि लकडाउनको अवस्थामा सबै काम सक्न बैठक बोलाउनु पर्ने हुन्छ । त्यो सम्भव छैन’, उनले भने ,'प्रदेशस्तरीय भ्रमण वर्ष २०२० अभियान समितिको संरक्षक मुख्यमन्त्री, अध्यक्ष मन्त्री र सह–अध्यक्ष प्रमुख सचिव रहेकाले ९ दिन भित्रमा सचिवालयको सबै काम सक्न सम्भव छैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ