केन्द्रीय संस्करण

माछापुच्छ्रे बैंकद्वारा कोरोना कोषमा १ करोड ६ लाख सहयोग घोषणा

person explore access_timeचैत २०, २०७६ chat_bubble_outline0

काठमाडौं– माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ । 

बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने सात वटै प्रदेश सरकारलाई ५/५ लाखका दरले कुुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ । 

बैंकले विहिबार सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५÷५ लाखको चेक हस्तान्तरण पनि गरेको छ । 

यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौ र भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हात धुने ठाउँको व्यवस्था गरेको थियो ।

साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अति विपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख खर्च भएको जनाएको छ । 

बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १ करोड ६ लाख सहयोग गरेको हो । 

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएकाले माछापुच्छ्रे बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै आएको छ ।

साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबारलाई कम गर्न पनि आग्रह गरेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.