सेती अस्पतालमा आजदेखि नमुना परीक्षण
कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट नमुना परीक्षण आजदेखि शुरु गरिने भएको छ । प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीको सूमहले काम सकेर आजैदेखि नमुना परीक्षण गर्ने तयारी शुरु गरेको जनाइएको छ ।
मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनीलप्रसाद लेखकले सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिका ‘थ्रोट स्वाब’ को नमुना परीक्षण आजैबाट शुरु गरिने बताउनुभयो । प्रयोगशालाका उपकरण जडानको काम सकिएको जनाउँदै सङ्कलित नमुनालाई सुरक्षित राख्न ‘बायो सेफ्टी’ आवश्यक पर्ने उनको भनाइ छ ।
सरकारले चीनबाट खरीद गरी ल्याएको कोरोना परीक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलीकोप्टरमार्फत यही मंगलबार धनगढी ल्याइएको थियो । बुधबार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेको थियो । यसअघि सुदूरपश्चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ