‘सेल्फ क्वारेन्टाइन’ मा हुनुहुन्छ, यी विषयमा ध्यान दिनुस्
एजेन्सी । कोरोना भाइरसका कारण सिर्जित लकडाउनको अवस्थामा तपाई खाद्यान्न र अन्य सामाग्री जोहो गरेर राख्न सक्नुहुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि तपाईले खाद्यान्न किन्दै गर्दा बजारमा कुनै अभाव सिर्जना नहोस् । अपतकालबाट बच्नका लागि हरेक परिवारसँग एउटा योजना हुनुपर्छ । त्यसर्थ, सेल्फ क्वारेन्टाइनमा बस्दा तपसिलका विषयमा विशेष ध्यान दिनुपर्छः
आवश्यकताभन्दा बढी सामना नकिन्नुस्
आवश्यकताभन्दा बढी सामान खरिद नगर्नुस् । ‘पेनिक बाइङ’ का कारण कतिपय मानिसहरु ट्वाइलेट पेपरका लागि पनि लड्दै गरेको भेटिन्छन् । कतिजना अस्पतालबाट सेनिटाइजर तथा मास्क समेत चोर्दैछन् । तपाई आफ्नो समाज र आफु पनि यो वाचा गर्नुस् कि एकपटक खरिद गर्दा साता दिन पुग्नेभन्दा बढी सामान किन्नु हुनेछैन । पसलमा अहिले सामानको कमी देखिएपनि खाद्य पदार्थ उत्पादन गर्ने कम्पनीले सामाग्री उपलब्ध हुने भरोसा दिलाएका छन् । यदि तपाईले सामान पाउनु भएन भने कहिलेसम्म उपलब्ध हुन्छ भनेर पसलवालासँग सोध्न सक्नुहुन्छ । तपाईले धेरै सामान किनेकै कारण अति आवश्यकता परेका व्यक्तिलाई यसको अभाव हुनसक्छ, यसलाई विषय ध्यान राख्न जरुरी छ ।
सही तरिकाले जुटाउनुस् खाद्यान्न
अनिश्चित भविष्यका लागि सामानको संग्रह गर्नु आफैमा मुस्किल काम हो । तपाई लकडाउन अवधिभरका लागि कसरी सामानको संग्रह गर्नुहुन्छ ? चाहे तपाईलाई मनपर्ने भोजन जेसुकै होस्, तपाईले पोषक भोज्य पदार्थ दैनिक खानुपर्छ । जसकारण रोग प्रतिरोधक क्षमता मजबुत होस् । यस समय प्रोसेस्ड फुड, जंक फुड, स्न्याक्स या अति चिनियुक्त प्याकेटमा बन्द खानाको प्रयोग नगर्नुस् ।
ज्यादा प्रोटिनवाला खाद्यपदार्थ, फल र सागसब्जी खानाले तपाईको रोग प्रतिरोधक क्षमता सहि रहन्छ । डायबिटीज या हृदयरोग तब हुन्छ, जब लामो समयसम्म तपाईको खानपान खराब रहन्छ । तर खराब खानपानले तपाईको रोग प्रतिरोधक क्षमता तुरुन्त कमजोर हुन्छ । त्यसैले यसबाट बच्न यी उपाय लगाउनुस् ।
आपतकालका लागि राख्नुस् सामान
कोरोना भाइरस सम्बन्धी आपतकालीन स्थितिका लागि तपाईले एकैपटक सबै किन्नुपर्ने जरुरी छैन । फ्रोजेन फूड, बट्टामा बन्द या क्यानमा बन्द फूड र लामो समयसम्म टिकने रेफ्रिजरेटेड फूड किन्नुहोस् । यो होम क्वारेन्टाइनका लागि काम लाग्न सक्छ । दैनिक प्रयोगका लागि ताजा सामान नै लिनुस् ।
पोषणका लागि योजना
राम्रो स्वास्थ्यका लागि तपाईले प्रोटिन, सागसब्जी, फल, अनाज र फ्याटयुक्त भोजन गर्न जरुरी छ । माछा, अन्डा, टोफु, गेडागुडी, सागसब्जी, बर्गरलगायतका खाद्य पदार्थ दैनिक ३ देखि ४ पटक खानुस् । दैनिक कम से कम साढें २ कप सागसब्जी र १ वा २ वटा पल खानुस् । गाजर जस्ता फल, सेब र नारंगी रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ । तपाईले किनोओ वा ब्राउन रौइस दैनिक ३–४ पटक अन्नका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । गहँुबाट बनेको पास्ता या दाल पनि लिनुहोस् । बदाम, गेडागुडी, बटरलगायत पोषक स्न्याक्स राख्नुहोस् । दही, आल्मन्डको दुध पनि राम्रो हुन्छ । डेरी उत्पादन प्रयोग गर्दा सकभर चिनी नमिसाउनुस् ।
पाल्तु जनावरको ख्याल
तपाईले आफ्नो पाल्तु जनावरका लागि पनि खाद्यान्न, औषधीलगायतको जोहो गरेर राख्न सक्नुहुन्छ, किनकि यो समय तपाईको जनावरलाई कुनै औषधी चाहियो भने बाहिर पाइदैंन ।
थर्ममिटर राख्नुस्
कोरोना भाइरसको संक्रमणले प्राय ज्वरो आउँछ । त्यसैले घरमा थर्ममिटर राख्नुस् । थर्ममिटरलाई अल्कोहलले सफा पनि गर्नुस् ।
अस्पतालको जानकारी राख्नुस्
आपतकालमा तपाईलाई थाहा हुन जरुरी छ कि तपाईको नजिककै कुन–कुन अस्पताल छन् । यो पनि जानकारी राख्नुस् कि तपाईको घर अगाडिको अस्पताल बिमा योजनाको नेटवर्कमा समावेश छ कि छैन । तपाईले अस्पताल गएर पनि हेर्नुपर्छ, जसकारण तपाईलाई इमर्जेन्सी रुम कता छ भन्ने थाहा होस् ।
छिमेकीहरुको ध्यान राख्नुस्
तपाई आफ्ना छिमेकीहरुसँग सम्पर्कमा रहनुस् । उनीहरुसँग पनि बुझ्नुस कि उनीहरुले भाइरसको संक्रमण रोकथामको कस्तो तयारी गरेका छन् । नम्बर लिएर राख्नुस् । तपाईहरुको घरमा एकअर्का बिरामी पर्दा सहयोग आदनप्रदान हुनसक्छ ।
इमर्जेन्सी थैलो
तपाईलाई संक्रमण भयो भने क्वारेन्टाइनका लागि अचानक घर छाड्नुपर्ने हुनसक्छ । त्यसैले आवश्यक सामाग्रीको सूची पहिल्यै तयार गरेर राख्नुस् । टुथ ब्रस, पानीको बोतल, मोबाइल चार्जरलगायत अत्यावश्यक सामाग्रीलाई एउटा थैलीमा राख्न सक्नुहुन्छ । घरबाट अस्पताल जाने बाटोमा तपाईले मास्क लगाउनुपर्छ, ताकि बाटोमा अन्यलाई वा अस्पतालका कर्मचारीलाई संक्रमण नफैलियोस् ।
जरुरी कागजात तयार राख्नुस्
के तपाईको घरमा कसैले जानेको छकि तपाईको अत्यावश्यक कागजात कहाँ छ । यस्ता दस्तावजेलाई एकै ठाउँमा राख्ने वा डिटिजल फाइल बनाउने गर्न सक्नुहुन्छ । पासपोर्ट, जन्म प्रमाणपत्र, सामाजिक सुरक्षा कार्डलगायत यसमा हुनसक्छन् । यहाँ स्वास्थ बिमाको कपी, तपाईले यसअघि चेकजाँच गराएका कागज पनि हुनसक्छन् । परिवारका मानिसहरुको सम्पर्क सूची पनि हुन्छ । यसलाई एकै ठाउँ मिलाएर राख्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा