शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु गरिँदै

बिहीबार, २० चैत २०७६, १५ : २०
बिहीबार, २० चैत २०७६

काठमाडौं । सरकारले  कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आजदेखि थालेको छ । यसका लागि आवश्यक जनशक्ति र  उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश नं १ मा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वाग्मती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने आवश्यक तयारी भइरहेको छ । प्रवक्ता डा.देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरण सहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप