बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेता निखिलले भने– हाम्रै गल्तीले कोरोना आयो

बिहीबार, २० चैत २०७६, १४ : ०९
बिहीबार, २० चैत २०७६

काठमाडौं । अभिनेता निखिल उप्रेतीले मानवजातिकै गल्तीका कारण कोरना बनेको बताएका छन् । उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै मानव जातीले बिकासको क्रममा गरेको गल्ती अहिले कोरोना बनेर आएको बताएका हुन् । 

‘विज्ञानले प्रगतिको पराकाष्ट हात हतियारमा गराएको छ’ निखिलले भने, ‘त्यही विकासको क्रममा हामीले गरेको गल्ती अहिले कोरोना भएर आयो ।’ अहिले कतिपय देशहरुसँग क्षणभरमा विश्वलाई समाप्त पार्ने हतियार भएको उल्लेख गरेका निखिलले भने, ‘हामीले हिंसा र हत्याका लागि नै विज्ञानको प्रयोग गरेकाले कोरोनाजस्तो महामारी भित्रिएको हो ।’

लकडाउनले सबैलाई घरमा नजरबन्द गरेको बताएका उनले अहिले घर पनि खोर जस्तो भएको बताएका छन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क रहेको छ । निखिलले लकडाउनमा पनि बेलुका ५ बजेपछि घरबाहिर धेरै मानिस देखिएकोले त्यसलाई राजनीतिक प्रभाव भएको बताएका छन् । 

‘हामीमा राजनीतिको गहिरो प्रभाव छ । यो देशमा राजनीतिक स्वार्थका लागि धेरै पटक नेपाल बन्द भयो’ उनले अगाडि भने ‘त्यो नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन् ।’ कोरोनाको संक्रमणबाट देशलाई जोगाउन सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालन गरेर घरभित्रै बस्न समेत निखिलले सबैलाई अनुरोध गरेका छन् । 

निखिल विगत १० दिनदेखि घरमै रहेका छन् । नयाँ फिल्म ‘आयो भैरव’को काम गरिरहेका निखिलको कोरोना समस्या समाधान भएपछि यसको सुटिङमा गर्ने योजना पनि रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप