हेटौडाको ल्यावमा दैनिक ७५ वटा कोरोनाको नमूना परीक्षण गरिने
काठमाडौं । वागमति प्रदेश सरकारले बिहीबारबाट हेटौडाको किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबमार्फत कोरोना परीक्षण सुरु गर्ने भएको छ ।
ल्याब सञ्चालनका लागि सबै उपकरण जडान भैसकेको र जनशक्ति समेत आएकालेकोरोना परीक्षण आजैबाट गर्न सुरु गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।
उनका अनुसार ल्याबमा प्रत्येक दिन ७५ वटासम्म संकलित नमुना परीक्षण गर्न सकिनेछ । छिमेकी राष्ट्र भारतसम्म कोरोना फैलिसकेको अवस्थामा सबैमा सचेत र सावधानी अपनाउन आग्रह गर्दै उनले कोरोना नियन्त्रणको लागि प्रदेश सरकारले सम्पूर्ण तयारी पुरा भएको बताए ।
नेपालमा नफैलिनुलाईउनले कसैको कृपा भन्दापनि अहोरात्र खटिने स्वास्थकर्मी ,सुरक्षाकर्मी र बिभिन्न निकायका सरकरी व्यक्तिहरुको मुख्य भूमिका रहेको उनको भनाई छ । हेटौडामा कोरोना परीक्षणका लागि तयारी पुरा भएपनि बिहीबार परीक्षणको लागि कुनै नमुना संकलन भैनआएको सामाजिक बिकास मन्त्रालयका सचिब दिपेन्द्र सुबेदीले बताए।