शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित दुई जनाको रिपोर्ट फेरि पोजेटिभ नै आयो

बिहीबार, २० चैत २०७६, १६ : ००
बिहीबार, २० चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । 

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको हो ।

 चैत ४ मा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट चैत ६ गते नेपाल आएका ३४ वर्षीय युवामा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो नमुना संकलन लिएर जाँदा गर्दा रिपोर्ट पोजेटिभ नै आएको हो । उनीहरुको टेकुमै उपचार भइरहेको छ । 

रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पताल स्रोतले बताएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ जना निको भएका छन्  । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप