बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षको अनुभव आगामी वर्षका लागि जग बसेको छ :  राजदूत ढकाल

बिहीबार, २० चैत २०७६, ११ : ०२
बिहीबार, २० चैत २०७६

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले अबुधाबीस्थित नेपाली राजदूतावासमा कार्यभार सम्हालेको एक वर्ष पुगेको छ।उनले यो एक बर्षको अनुभब आगामी बर्षको लागि जग बसेको बताएका छन्। 

भारतको लागि नेपाली कार्यबाहक राजदूत र नियोग उपप्रमुखको जिम्मेवारी पूरा गरि युएईमा राजदूतको रूपमा आएका ढकालले विभिन्न मन्त्रालयहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

राष्ट्रिय  योजना आयोगमा कार्यक्रम निर्देशक भएर काम गरिसकेका ढकालसँग युएन, सार्क, बिमस्टेकका धेरै बैठकहरूमा सहभागिता जनाएको लामो अनुभव छ। काभ्रेको मदन देउपुरमा जन्मेका ढकाल वि.सं. २०६७मा लोकसेवा आयोगले उपसचिव र सहसचिवका लागि लिएका विभिन्न परीक्षामा एकैसाथ छनौट भएका थिए। 

राजदूत भएर युएई आईसकेपछि एकबर्षभित्र बिशेष गरि चार वटा क्षेत्रमा उपलब्धि हासिल गरेको उनले बताए।विगत एक वर्षमा युएई रनेपालबीचको कुटनैतिक सम्बन्धलाई थप घनिष्ठ र सुमधुर बनाउन र यहाँ रहेका नेपालीहरूको सुरक्षा,हक,हित र अधिकार सम्पन्न गर्न प्रयत्नहरू गरेको उनले बताए। 

‘यसबीचमा नेपाल र युएईबीच थुप्रै उच्चस्तरीय (उपप्रधानमन्त्री, मन्त्री) लगाएका भ्रमणहरू भएका छन्।नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको हक हित र सुरक्षालाई आई एल ओको  सिद्धान्तअनुरूप सुनिश्चित गर्ने गरि नेपाल र युएईबीचमादुई पक्षिय श्रम सम्झौता भएको छ। जन अनुरूप जिरो कस्टमा नेपाली कामदारहरूलाई  युएई  आउन सक्ने ब्याबस्था गरिएको छ। साथै दुई पक्षीय हवाइ सम्झौता पनि भएको छ। यो हाम्रो ठोस उपलब्धि हो।’ राजदुतले भने । 

युएई र नेपालको आर्थिक समन्धलाई मजबुद बनाउन केही पहलहरू गरेका छु।नेपालबाट युएईमा नेपाली बस्तुहरूको निर्यात र प्रर्बधनगर्ने उदेश्य सहित पोहिलो पटक हरियो तरकारी,फलफूल आयात भएको छ।

गत मार्च २०१९ मा काठमाडौंमा सम्पन्न नेपाल लगानीसम्मेलनमा युएईबाट उच्च स्तरमा सहभागिता भएको थियो। जसमा युएईको शर्राफ ग्रुपले नेपालमा लगानी गर्ने बताएको छ। यो ग्रुपले नेपालमा रहेको चौधरी ग्रुपसँग मिलेर नेपालको सुख्खा बन्दरगहामा लगानी गर्नै प्रकृया अगाडी बढि सकेको छ। यसैगरी युएईबाटनेपालमा करिब १ अर्ब १४ करोड रूपैयाँ बराबरको सहायता जाने भएको छ। युएईको सरकारी तथा निजी क्षेत्र नेपालमा लगानी गर्न उत्साहित देखिएको उनले बताए।

इतिहासमै पहिलो पटक संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फरफराउन सफल  भएका छन्। प्याराओलम्पिकमा नेपालले सहभागिता यस बाहेक युएईमा रहेबसेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा, हितको लागि हामी  अहोरात्र खटेको उनले बताए।

बिरामी अथवा घाइते परेका बेला अस्पतालमै गएर सहयोग गर्ने, जेल परेकाहरूलाई जेलमै गएर भेट्ने रकानुनी सहायता तथा परामर्श उपलब्ध गराउने,नेपालीहरूको समस्याहरूलाई समाधान गर्न अदालत लगाएत अन्य समन्धित निकायमा जाने,कम्पनी तथा कारखानाहरूमा गएर नेपालीहरूबीच सचेतना फैलाउने, समस्या परेको खण्डमा तत्कालै सहयोग गर्ने प्रयास गरेको उनले बताए । 

राजदूतावासबाट प्रवाह गरिने सेवालाई थप, सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन डिजिटल टोकन सिस्टम,वन् विन्डो सिस्टम, अनलाइन सर्भिस आदिको सुरुवात गरेका छौं। सेवाग्राहीहरूको गुनासो छिटोछरितो र प्रभावकारी रूपमा सुन्न ब्याक्ति डेडिकेटेडटेलिफोनको व्यवस्था गरेका छौं। सरल भासामा नेपालीहरूले बुझ्ने गरि मोबाइल एप्सको छिट्टै आउन लागेको छ।नागरिकले राजदूतावासलाई आफ्नो हो भन्ने बनाउनको लागी प्रयासमा हामी जुटिरहेको उनले जानकारी दिए । 

‘समग्रमा स्रोत, साधन र समयको सीमितताका बीचमा हामीले जे पहल गर्यौं त्यो हाम्रो उपलब्धि हो।वास्तवमा युएईमा काम गर्न सजिलो पनि छ। यहाँको सरकार निकै व्यवस्थित र सहयोगी छ। नेपाली समुदाय पनि सचेत र सहयोगी नै छ। मलाई राजदूतको रूपमा काम गर्न यहाँ निकै सहज महसुस भएको छ। गत एक वर्षको अनुभवले आगामी वर्षहरूलाई गज बसेको छ।’ उनले बताए । 

खाडी मुलुकहरूमध्ये युएईमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको भए पनि हालसम्म यसको संक्रमण तुलनात्मक रुपमा कम देखिन्छ। उपचारपछि स्वस्थ भएर घर फर्किनेहरुको संख्या बढ्दै गइरहेको पाइन्छ।नेपाली राजदूतावास, अबुधाबीले पनि यहाँ रहेका नेपालीहरुलाई यसबारे सचेत गराउने र नेपाल सरकार तथा युएई सरकारद्वारा जारी सूचनाहरुको बारेमा जानकारी गराउने गर्दै आइरहेको छ। 

तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको, हवाइ उडानहरू प्रभावित भएका, समग्र जनजीवन र अर्थतन्त्रमा असर परिरहेकोसन्दर्भमा केही सयम युएईबाट नेपाल जान प्रभावित नहोला भन्न सकिन्न । तर यो समस्या लामो समयसम्म रहन्छ जस्तो लाग्दैन । केहीसमयमा सबै कुरा सामान्य बन्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप