कोरोनाको कहर : मन्दिरमा भगवान छन् तर भक्तजन भएनन् (फोटोफिचर)
काठमाडौं । आज चैते दशैंको रामनवमी । कोरोनको त्रासका कारण यस वर्ष यो पर्व पनि ओझेलमा परेको छ ।
हिन्दु धर्म शास्त्रअनुसार असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने दशैं वर्षमा दुईपटक असोज र चैतमा मनाउने गरिन्छ । तर कोरोनाको त्रासपछि मुलुकमा भएको लकडाउनका कारण मानिसहरु घरबाहिर ननिस्ककनै यो पर्व मनाइरहेका छन् ।
बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा शक्तिपीठहरुमा गएर पुजा आरधना गर्ने चलन छ । तर यो वर्षको चैते दशैंमा देशभरका शक्तिपीठ र अन्य मन्दरहरुमा चहलपहल छैन । भक्तजनहरु चाहेर पनि मन्दिर जान सकेनन् । जसले गर्दा आज रामनवमीका दिन पनि मन्दिरहरु सुनसान देखिन्छन् ।
दशैंमा विशेषगरी दुर्गापूजाको विशेष महत्व रहेको छ । अरु बर्षमा दशैंका वेला काठमाडौं उपत्यकाका इन्द्रायणी, महाकाली तलेजु महालक्ष्मी, भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीबहाल लगायतमा भक्तजनको भीड हुने भएपनि यो वर्ष सुनसान बनेका छन् ।
त्यस्तै उपत्यका बाहिर गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा भक्तजनको नगन्यमात्रै उपस्थिति रहेको छ ।
भक्तपुरका विभिन्न मन्दिरहरुको सुनसान दृश्य हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’