मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : मन्दिरमा भगवान छन् तर भक्तजन भएनन् (फोटोफिचर)

बिहीबार, २० चैत २०७६, ११ : १८
बिहीबार, २० चैत २०७६

काठमाडौं । आज चैते दशैंको रामनवमी । कोरोनको त्रासका कारण यस वर्ष यो पर्व पनि ओझेलमा परेको छ ।

हिन्दु धर्म शास्त्रअनुसार असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने दशैं वर्षमा दुईपटक असोज र चैतमा मनाउने गरिन्छ । तर कोरोनाको त्रासपछि मुलुकमा भएको लकडाउनका कारण मानिसहरु घरबाहिर ननिस्ककनै यो पर्व मनाइरहेका छन् ।

बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा शक्तिपीठहरुमा गएर पुजा आरधना गर्ने चलन छ । तर यो वर्षको चैते दशैंमा देशभरका शक्तिपीठ र अन्य मन्दरहरुमा चहलपहल छैन । भक्तजनहरु चाहेर पनि मन्दिर जान सकेनन् । जसले गर्दा आज रामनवमीका दिन पनि मन्दिरहरु सुनसान देखिन्छन् । 

दशैंमा विशेषगरी दुर्गापूजाको विशेष महत्व रहेको छ । अरु बर्षमा दशैंका वेला काठमाडौं उपत्यकाका इन्द्रायणी, महाकाली तलेजु महालक्ष्मी, भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीबहाल लगायतमा भक्तजनको भीड हुने भएपनि यो वर्ष सुनसान बनेका छन् ।

त्यस्तै उपत्यका बाहिर  गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा भक्तजनको नगन्यमात्रै उपस्थिति रहेको छ ।
 

भक्तपुरका विभिन्न मन्दिरहरुको सुनसान दृश्य हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप