बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन जडान गरियो

बिहीबार, २० चैत २०७६, १० : ४१
बिहीबार, २० चैत २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनको जडान गर्ने कार्य सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा सो मेसिनको जडान कार्य सम्पन्न भएको हो । 

संघीय सरकारले चीनबाट  खरिद गरेको मेसिन जडान गर्न सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । केही प्राविधिक काम सकेर आजैदेखि परीक्षण सुरु गरिने सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । 

एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ । कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको मेसिन आईपोनेटीक कम्पनीको भएको समेत जानकारी दिइएको छ । 

अस्पतालका डां जगदिश जोशीले केही प्राविधिक काम सकेपछि आज साँझसम्मबाट स्याम्पल परीक्षण सुरु हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप