माफ गर, लकडाउनलाई सहयोग गर्न सकिनँ सरकार !

कोरोनाभाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणका लागि देशमा लकडाउन लागू गरिएको छ । यो लकडाउन अझै कति दिन लम्बिनेको हो यकिन छैन । लकडाउनका कारण जनजीवन प्रभावित छ । सधैँ चहलपहल हुने राजधानी पनि सुनसान बनेको छ ।
तर, काठमाडौँको बल्खुमा केही फरक दृश्य हेर्न पाइन्छ । जब साँझ पर्दै जान्छ, बल्खु क्षेत्रमा त्यो सुन्यता विस्तारै तोडिन थाल्छ । एकपछि अर्को गर्दै मानिसहरु चोकमा जम्मा हुन्छन्, हातमा र काँधमा बन्दोबस्तीका सामान बोकेर । त्यसपछि सुरु हुन्छ गाडीको लामो प्रतिक्षा ।
आफ्नो देशका जनतालाई महामारीबाट जोगाउन सरकारले अन्तिम अस्त्रका रुपमा लकडाउन लागू गरेको छ । सरकारको यो कदमलाई सबैले सहयोग पनि गरिरहेका छन् । तर, श्रमिक र मजदुरहरुले भने चाहेर पनि सरकारको कदमलाई सहयोग गर्न सकिरहेका छैनन् । किनभने उनीहरुको रोजीरोटी नै खोसिएको छ । पिउने पानीका लागि त पैसा तिनुपर्ने काठमाडौँमा दिनभर कमाएर राति हातमुख जोड्नेहरुका लागि यहाँको बसाई कहाँ सहज हुन्छ ? सरकारले घरभित्रै बस्न आग्रह गरे पनि भोके पेटसँग हारेर उनीहरु अन्ततः सडकमा निस्कन बाध्य भएका छन् । सरकार जहाँ छ त्यहीँ बस्नु भनिरहेको छ । तर, उनीहरु सकिरहेका छैनन् ।
राजधानीमै बसेर लकडाउनको सामना गर्न नसकेपछि उनीहरु आ–आफ्नो घर फर्कन व्यग्र थिए । तर, अहिले घर फर्कन पनि कहाँ सजिलो छ र ? सुनसान सडकमा घण्टौँ प्रतिक्षा गरेपछि फ्याट्टफुट्ट गाडी आउँछ । लामो दुरीका यात्रुवाहक सवारी नचल्दा उनीहरु तरकारी बोकेर काठमाडौँ आएका गाडीहरु चढेरै भए पनि घर फर्कन तयार थिए । कोही भने केही निजी गाडीमा चढेर घर फर्कने तरखरमा थिए । हेरौँ बुधबार साँझ बल्खुमा देखिएका केही दृश्यहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी