शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गममा नवागन्तुकलाई पस्न पूर्ण रोक

बिहीबार, २० चैत २०७६, १० : ०२
बिहीबार, २० चैत २०७६

कोभिड–१९  संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन् । 

जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् । 

गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला  ८ का वडाध्यक्ष सन्तविर रावतले राससलाई जानकारी दिए ।

“यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन् । लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौंँ”, रासससँग कुरा गर्दै वडाध्यक्ष रावतले भने, “प्रत्येक गाउँले नयाँ मान्छे आए गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौंँ ।” गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभाकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ । 

उनका अनुसार गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुने सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ । नयाँ मान्छे प्रवेश नगरुन् भनेर हेरालो पनि राखिएको छ ।

नियम तोडे कारवाही पनि गरिने छ ।  लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँ तथा वडापालिका, स्थानीय राजनीतक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप