फिलिपिन्सका राष्ट्रपतिले दिए गोली हान्ने आदेश
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् ।
‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राती प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए ।
सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश जारी गरेका हुन् ।
स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् ।
पक्राउ गरिएकामध्ये ६ महिला पनि छन् ।
प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनिएको छ । यो नयाँ नियम तोड्नेविरुद्ध आपराधिक मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा