मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरकै विकास निर्माणमा धक्का, कोरोनाले विकास गति ठप्प

बिहीबार, २० चैत २०७६, ०७ : २७
बिहीबार, २० चैत २०७६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)  का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ । 

कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रुपमा अघि बढाउन नसकिने परिस्थितिका कारण अपवादबाहेक सबै विकास निर्माणको काम ठप्प बनेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा असर परेको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप