बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो

बुधबार, १९ चैत २०७६, २२ : ४४
बुधबार, १९ चैत २०७६

विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७९९ पुगेको हो । 

यस्तै ४५ हजार ३३४ जनाको मृत्यु भएको छ । 

यसैगरी १ लाख ९० हजार ६६० जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । 

कोरोनाबाट बेलायत र स्पेनमा एकैदिन क्रमशः ५६३ र ५८९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ३४१  र इटालीमा सर्वाधिक ७२७ जनाको मृत्यु भएको छ । इरानमा पनि १३८ जनाको मृत्यु भएको छ । 

नेपालमा यो भाइरसको संक्रमण हालसम्म ५ जनामा देखिएको छ भने त्यसमा पनि एक जना निको भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप